प्रधानन्यायाधीशमा शर्मा नियुक्त
काठमाडौं २८ चैत। सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दामोदरप्रसाद शर्मा नियुक्त भएका छन् । राष्ट्रपति डा. रामवरण यादवले शीतलनिवासमा आयोजित एक विशेष समारोहमा शर्मालाई सर्वोच्च पद तथा गोपनीयताको शपथ गराए ।
संसदीय सुनुवाइ विशेष समितिले दुई तिहाइले अनुमोदन गरेपछि राष्ट्रपति यादवले शर्मालार्इ प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए । संवैधानिक परिषद्को सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । ससदीय समितिको शुक्रबार बसेको बैठक एमाओवादीका सभासदहरुले आलोचनात्मक समर्थन गरेका छन् । समितिका सदस्य एवं नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे तटस्थ बसेका छन् भने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विरोध गरेका छन् ।

0 comments
तपाईंको प्रतिकृया