न्यू लाईटमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण
बुटवल ३० चैत । रुपन्देही शंकरनगर स्थित न्यू लाईट उच्च माविमा आईतवार नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले कक्षा नर्सरी देखी ९ कक्षा सममको परिक्षाफल प्रकाशित गर्नुका साथै शैक्षिक शत्र २०६९÷०६० को शैक्षिक पुरस्कार वितरण गरेको हो । सो अवसरमा अतिरक्त कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।
सहायक प्राचार्य शंकर हाडाको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य विष्णु पौडेल, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष क्या, प्रेमबहादुर भण्डारी रमेश ज्ञवाली लगायतले विद्यार्थीहरुको अथल मेहनतले विद्यालयको शिर उचो गराउने कार्य गरेको बताए । कार्यक्रमको संचालन विद्यालयका कार्यक्रम संयोजक राजेन्द्र कु“वरले गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले सांस्कृतीक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा अविभावकहरुको उल्लेखीय उपस्थिती रहेको थियो ।

0 comments
तपाईंको प्रतिकृया