Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
फुजेल काण्डमा पक्राउ परेकालाई धरौटीमा छाड्न आदेश

चितवन ४ बैशाख । जिल्ला अदालत चितवनले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या आरोपमा पक्राउ परेका दुई माओवादी कार्यकर्तालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
दुई दिनको थुनछेक बसहपछि मुख्य न्यायाधीश विनोदमोहन आचार्यको इजलासले भिमसेन पौडेललाई २७ हजार र छनिलाल पौडेललाई २० हजार धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि उनीहरु धरौटी जम्मा गरेर थुना मुक्त भएका छन् ।घटनाका अन्य ११ आरोपीको हकमा भने ७ दिने पक्राउ पूर्जी जारी गरेको छ ।
थुनछेक बहसका क्रममा प्रतिवादीका तर्फबाट ३४ जना कानुन व्यवसायीले वकालत नामा दर्ता गराएकोमा २६ जनाले बहस गरेको अदालतका श्रेस्तेदार विद्याराज पौडेलले बताए । बहसका क्रममा वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधीवक्ता मुक्तिनारायण प्रधानसहितका कानुन व्यवसायीले मुद्दा खारेज गरी साधारण तारेखमा अभियुक्तको रिहाइ हुनुपर्ने माग गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया