Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सगरमाथाको आम्दानी ३१ करोड ३९ लाख

काठमाडौं २ वैशाख। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जाने स्वदेशी तथा विदेशी दलबाट यसपाली बसन्त ऋतुमा सरकारले साढे ३१ करोड रुपैयाँ आम्दानी गरेको छ ।
नयाँ वर्ष सुरुवातको दिनसम्म संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले एक नेपाली र ३१ विदेशी आरोही सहभागी दलबाट ३२ लाख ५० हजार अमेरिकी डलर (३१ करोड ३९ लाख १७ हजार ५ सय रुपैयाँ) आम्दानी गरेको  छ।
‘यो आम्दानी उल्लेख्य हो,’ पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखा प्रमुख तथा सहसचिव मधुसुधन बुर्लाकोटीले भने, ‘यसपालि वसन्त ऋतुमा सगरमाथा जाने आरोहण दल लगभग सकिए पनि अझै दुई चारवटा आउने अनुमान गरेका छौं ।’ उनका अनुसार वैशाश १ -सोमबार) सम्म नेपालका एक विदेशका ३१ गरी ३२ दलले सर्वोच्च शिखर आरोहण गर्न अनुमति लिएका छन् । नेपाली आरोहण दलमा भने सोलुखुम्बुका कामी शेर्पा सहभागी छन् । उनी एक आरोहणमा गएका हुन् ।
गत वर्ष सरकारले नेपालको एक आरोहण दल तथा सगरमाथा सरसफाइ अभियानमा आएको भारतको एक दललाई आरोहण अनुमति शुल्क (रोयल्टी) मिनाहा गरिदिएको थियो । ‘यसपालि भने कुनै पनि दललाई रोयल्टी मिनाहा गरिएको छैन्,’ बुर्लाकोटीले भने ।
नागरिक दैनिकबाट

0 comments

तपाईंको प्रतिकृया