छोराको आशमा असुरक्षित गर्भपतन
रीमा बिसी
बुटवल १ वैशाख । रुपन्देही जिल्ला साडी गाविसकी सरजा शाह उमेरले ३४ वर्षमा लागिन् । पाँचछोरीको गर्भपतन गरेकी शाहका तीन छोरी भने अहिले पनि जीवित छन् । आठ बटा छोरीपछि शाहको एक छोरा जन्मिएको छ । लगातार छोरी जन्मदा उनले धेरै गाली र यातना भोग्नु प¥यो । सासु र घर परिवारले छोरा जन्माउन नसक्ने भन्दै तातो पानी खनाइदिएर यातना दिन्थे । पेटभरी खान दिदैनथे । ‘पेटमा बच्चा आयोकी छोरा होकी छोरी हो जाँच गर्न लगाउने, कहिले औषधी ल्याएर खान पठाउने कहिले मेडिकलमा लगेर गिराइन्थे । मैले मलाई जे भए पनि हुन्छ भन्दा एउटा छोरा पनि पाउन नसक्ने तैले अझ मुख चलाउछेस भन्दै जे पायो त्यही उठाएर पिट्थे । माईतमा पनि आमा सानैमा मर्नु भयो सा¥ह्ै दुःख पाएर काकाले हुर्काएको हो । मरे तीन छोरीको सराप लाग्छ की भन्ने लागेर सहेर बसेकी छु । तर कसैलाई भने मार्छु भन्छन् ।’ उनले भनिन् ।
कसैलाई दुख पोख्न नसकेकी उनले एक दिन स्यमंसेविकालाई मात्र भनेकी थिइन् । स्वयम्सेविकाकै सहयोगमा भेट भएकी उनले भनिन् ‘ बर्षे पिच्छे बच्चा गिराउँदा र आराम गर्न पाईन । आँङ पनि खसेर हिड्न पनि मिल्दैन्थ्यो । साडी लगाउँदा पनि पाछेर हिडन गा¥हे हुन्थ्यो । यो कुरा मैले कसैलाई भन्न सकिन । सुत्ने बेलामा भित्र पसेकाले बुढालाई पनि थाहा भएन ।’
एक दिन सरजा धारोमा पानी भर्न जाँदै थिइन् । पानीसँगै बेहोस भइछन । त्यसपछि ाउँको क्लिनीकमा लगेपछि सरजाको होस आएछ । रगत पनि बगेको थियो । त्यहांबाट भैरहवा अस्पताल पठायो । भैरहवाबाट भरतपुर लैजानुस् भनेपछि भरतपुर लगे । भरतपुरमा पाठेघर कमजोर भएकाले आफ्नो ठाउँ छोडिसकेको बताए । जीवित बच्चा र गर्भपतनका बारेमा सोधे । क्यान्सर हुने अवस्थामा छ भन्दै पाठेघर फाल्न भने । पाठेघर फालेर १५ दिनको उपचापछि सरजा घर फर्केकी छिन् ।
लुम्बिनी अञ्चल अस्पताल बुटबलको तथ्याङ्कलाई आधार मान्ने हो भने आर्थिक बर्ष २०६९÷०७० मा ४६२ जना महिलाहरु सुरक्षित गर्भपतनको लागि सेवा लिएका थिए भने ३ सय ९४ जना महिलाहरु अन्यत्रैवाट विभिन्न जोखिमहरु देखा परेपछि उपचारको लागि आउने गरेको देखिन्छ भने आर्थिक वर्ष २०७०÷०७१ को पौषसम्मको तथ्यांङ्कलाई हेर्दा १ सय ६६ जनाले सुरक्षित गर्भपतन गराएकोमा १ सय ४७ जना अन्यत्रबाट विभिन्न जोखिम आइसकेपछि उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल रेकर्ड लक्ष्मीराज रेग्मीले बताए ।
लुम्बिनी अञ्चल अस्पताल बुटवलका वरिष्ठ प्रसूती तथा स्त्री रोग बिशेषज्ञ डाक्टर बिबी रावतका अनुसार सुरक्षित गर्भपतनलाई नेपाल सरकारले सरकारी तथा गैरसरकारी स्वास्थ्यमा समेत सुरक्षित गर्भपतन सेवालाई मान्यता दिएको भए पनि गर्भपतन र त्यसबाट हुने जटिलताहरुको बारेमा चेतनाको कमी भएका कारण असुरक्षित गर्भपतन गराउनेको संख्यामा सोचे अनुरुप परिणाम आउन नसकेको बताउंछन् । डाक्टर रावतले सुरक्षित गर्भपतन गराउने विषयमा व्यक्तिको शैक्षिकस्तरले पनि फरक पार्ने हुनाले शरीरमा रहेको वैध तथा अवैध गर्भलाई आफ्नो इच्छाले मान्यता प्राप्त र नेपाल सरकारले सूचिकृत गरेको स्वास्थ्य संस्थामा गर्न पाउने कानूनी व्यवस्था भए पनि सूचिकृत नभएको स्वास्थ्य संस्थामा गई जथाभावी असुरक्षित रुपमा औषधी प्रयोग गरेर, योनी मार्फत झारपात हालेर, जडीबुटीको प्रयोग गरेर घाउ बनाएर प्वाल पारेर डर लाग्दो समस्या निम्ताउने र बढी रक्तश्राव भएका कारण रक्त अल्पत्ता र विभिन्न संक्रमण भई सेप्टीसेनिया हुने र असुरक्षित गर्भपतनका कारण आमाको मृत्यु समेत हुने बताउंछन् । डाक्टर रावतले मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट (दुई महिना भित्रको गर्भलाई) दुई किसिमले औषधी सेवन गराएर र औषधी राखेर सफा गरिने भएकोले, मान्यता प्राप्त र नेपाल सरकारले सूचिकृत गरेको स्वास्थ्य संस्थामा मात्र सुरक्षित गर्भपतन गराउन डाक्टर रावतको सल्लाह रहेको छ ।
अहिले पनि असुरक्षित गर्भपतन सामान्य क्लिनीकहरुमा गराएर विभिन्न जटिलताहरु आइसके्पछि र हिडन नसक्ने स्थितीमा बल्ल लुम्बिनी अञ्चल अस्पतालमा आउने विरामी महिला धेरै छन् । उनीहरुलाई गर्भपतन गराउदा खाएको औषधीको असरले भएका विभिन्न जोखिमहरुलाई मोलेर रगत कम भई रक्तअल्पत्ताको उपचार गर्दे पठाउने गरेको डाक्टर रावतको अनुभव छ । विज्ञान अनुसार छोरा जन्माउने वा छोरी जन्माउने भन्ने कुरा कसैले चाहेर हुने कुरा होइन, महिला र पुरुषका प्रत्येक कोषमा २३–२३ जोडी क्रोमोजोमहरु हुन्छन । महिलामा जसमध्येको एउटा जोडी हो २३ वटा कोम्रोजोम मध्ये एउटा क्रोमोजोम हुन्छ । क्रोमोजोम भएको शुक्रकीटद्धारा निशेधित भएको अण्डाबाट छोरी जन्मन्छ । भने पुरुषमा प्रत्येक कोषमा २३ जोडी क्रोमोजोमहरु हुन्छन जसमध्ये एक जोडी हो । प्रत्येक शुक्रकीटमा २३ वटा क्रोमोजोम हुन्छन् । जसमध्ये एउटा कितह्कित हुने गर्दछ । पुरुषको क्रोमोजोमबाट र महिलाको क्रोमोजोमबाट आएमा छोरी जन्मन्छ । महिलाको र पुरुषको आएमा छोरा जन्मन्छ त्यसैले यो विषय भनेको प्राकृतिक हो कसैले चाहदैमा हुँदैन । डाक्टर रावतले छोरी भएकै कारण गर्भपतन हुने कारण रोक्न र महिलालाई हिंसामा पर्न नदिन विज्ञानले पुष्टी गरेको कुराबारे जनचेतना जगाउनु अहिलेको आवश्यकता भएको बताउंछन् ।
–आवाज फिचर सेवा

0 comments
तपाईंको प्रतिकृया