Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
विशेष सम्मेलनको माग गर्दै हस्ताक्षर अभियान

बुटवल १६ फागुन । विशेष सम्मेलनको माग गर्र्दै एमाओवादी रुपन्देहीको चौथो जिल्ला सम्मेलनका प्रतिनिधीहरुले हस्ताक्षर अभियान शुरु गरेका छन ।
सम्मेलनमा नेतृत्व चयन अवैधानिक भएको भन्दै आएका असन्तुष्ट प्रतिनिधीहरुले विशेष सम्मेलनको माग गरी पार्टीको केन्द्रिय कार्यालयमा हस्ताक्षर वुझाउन लागेका हुन । अधिकांस प्रतिनिधीको असहमती हुदा समेत आफनो नाम आफै घोषणा गरेर कार्यसमिती चयन गरेको भन्दै उनिहरु रुष्ट भएका हुन । असन्तुष्ट प्रतिनिधीहरुको मंगलवार वुटवलको कालिकानगरमा भेला समेत बसेको बताईएको छ ।
 कम्यसनिष्ट चरित्र समेत नदेखाई विधि र प्रकृया उलंघन गरी जनवादी केन्द्रियतालाई समेत लत्याईएको सम्मेलन अवैधानिक भएको एक प्रतिनीधीले बताए । सम्मेलनका एक प्रतिनिधी कुलमान गिरीले वहुमत प्रतिनीधीहरुको असहमतीमा कार्य समिती चयन हुने कार्यलाई वैद्यानिक मान्न नसकिने बताए ।
मंगरवार ५ वजे सम्म १ सय भन्दा वढि प्रतिनीधीहरुले हस्ताक्षर गरिसकेको जानकारी उनले दिदै वुधवार सम्म कम्तीमा २ सय ५० भन्दा वढिको हस्ताक्षर संकलन हुने बताए । एमाओवादी रुपन्देहीको सम्मेलनमा ३ सय ८० प्रतिनिधी थिए । बुटवल वडा नं. १४ र १५ का कुल १३ प्रतिनिधी मध्ये ११ जनाले हस्ताक्षर गरेको बताईएको छ ।
जिल्ला सदस्यमा चयन भएका २ जना प्रतिनिधीले राजिनामा दिईसकेको नवराज अधिकारीले बताए । जय बहादुर धामी र टिका वलीले जिल्ला सदस्यवाट राजिनामा दिएका हुन । सम्मेलनमा अधिकांस प्रतिनिधीले निर्वाचन मार्फत नेतृत्व चयन गनुपर्ने माग गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया