Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सबैभन्दा बढी कर तिर्ने करदाता सम्मानित

बुटवल, १२ बैशाख । यस क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने ६ ब्यवसायी तथा प्रतिष्ठानलाई आज शुक्रबार बुटवलमा सम्मान गरीएको छ ।
 आन्तरिक राजश्व कार्यालय बुटवलको आयोजना र बुटवल उद्योग बाणिज्य संघको सह आयोजनामा संघ सचिवालयमा भएको कार्यक्रममा विभागका महानिर्देसक टंकमणी शर्माले सम्मान पत्र प्रदान गरि सम्मान गरका हुन । सम्मानित हुनेहरुमा पश्चिमाञ्चल डेभलपमेण्ट बैंक बुटवल, शिव शक्ति सोप ईण्डष्ट्रिज बुटवल, स्टाण्डर्ड लुब्रिकेसन बुटवल तथा पाल्पाको बरुण कन्सटक्सन सेवा, नवलपरासीको सन्देश स्क्रेप ट्रेडर्स र साईन रेसुङ्गा डेभलपमेण्ट बैंक रहेका छन ।
 सम्मान कार्यक्रममा महानिर्देशक शर्माले कर लिन मात्र होइन कर तिर्ने र सम्मानित नागरीक बन्ने अवसर दिन बिभागले गत बर्षदेखि सम्मान कार्यक्रम सुरु गरेको बताए । उनले सरकार र बिभाग बिगतमा जस्तो परम्परागत सोचबाट माथी उठेकाले ब्यवसायीहरुलाई पनि सोही अनुसार आफना व्यवसायीक क्रियाकलाप गर्न आग्रह गरे ।
उनले योजना बद्ध रुपमा करछली गर्नेलाई नछाडिने बताउदै त्यस्ता व्यबसायी विभागको अनुसन्धानको दायरामा रहिरहने र कहिलै उम्कन नपाउने बताए  । समय सापेक्ष रुपमा करको दायरा बढ्दै जाँदा पुरानो कर नितीले सबै दायरा समेट्न नसक्ने भएकाले कर प्रशासन प्रणालीलाई सुधार गर्नुपर्ने उनको भनाई छ ।  उनले जनसंख्याको जम्मा ४ प्रतिसत अर्थात ११ लाख व्यासायी मात्र करको दायरामा रहेको उल्लेख गर्दै व्यबसायीहरु करको दायरामा आउनका लागि आग्रह गरे ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले करदाता सम्मानलाई कर संकलनलाई मात्र नभएर व्यवसायको बिशिष्टिकरण, रोजगारी र प्रबिधिलाई पनि प्राथमिकता दिनुपर्ने बताए । उनले वार्षिक २५ लाख बढी कमाउनेलाई थप १० प्रतिसत आयकर प्रणाली खारेजी गर्नुपर्ने, घर बहाल कर असुली स्थानीय निकायलाई जिम्मा दिनुपर्ने, ठूला लगानी कर्तालाई लक्षित गरी करको दायरा ४० करोडबाट एक अर्व पु¥याउन पर्ने लगायतका माग गरे ।
 कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठ, आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख सुरेश रेग्मी,सम्मानित साईन रेसुङ्गा डेभलपमेण्ट बैंकका अध्यक्ष थानेश्वर पौडेल, संघका कार्यालय सचिव सञ्जय ज्ञवाली लगायतले विभागको करदाता सम्मान गर्ने कार्यक्रमले करदातालाई उतसाहित बनाएको बताएका थिए  ।

0 comments

तपाईंको प्रतिकृया