Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नौै महिनामा सेवाको मुनाफा ८ करोड वढि

बुटवल ३ वैशाख । बुटवलमा प्रधान कार्यालय रहेको सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनाको अवधीमा ८ करोड वढि मुनाफा गर्न सफल भएको छ ।
 बुधवार सम्पन्न विशेष साधारणसभा बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले २०७० चैत्र मसान्तसम्म २ अर्व ९० करोड निक्षेप, २ अर्व ५२ करोड कर्जा लगानी तथा ८ करोड वढि मुनाफा गर्न सफल रहेको जानकारी दिए ।
विशेष साधारणसभाले ५ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
विशेष साधारणसभाले वाणिज्य बैंकसंग मर्जको लागी वाटो खुल्ला राख्दै हकप्रद तथा वोनस शेयर जारी गरि राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नती गर्ने निर्णय गरेको हो ।  संचालक समिति अध्यक्ष भीम प्रसाद तुलाचनको अध्यक्षतामा वसेको उक्त विशेष साधारणसभाको सञ्चालन बैंकका सहायक महाप्रवन्धक हरि प्रसाद लम्सालले गरेका थिए । बैंकको चुक्ता तथा जारी पूँजी २५ करोड ७६ लाख, १० जिल्ला कार्यक्षेत्र, १० वटा शाखा कार्यालय तथा ७ वटा एटिएम काउण्टर रहेका छन । विगत वर्षदेखी निरन्तर मुनाफामा संचालित बैंक नेपाल स्टक एक्सचेञ्जवाट ‘क’ वर्गमा सूचीकृत बैंक हो ।

0 comments

तपाईंको प्रतिकृया