Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
तीन बर्ष भित्र मुलुक लोडसेडिङ मुक्त: ज्ञवाली

बुटवल, २८ चैत  ।  उर्जामन्त्री राधा ज्ञवालीले अबको तीन बर्षमा मुलुकलाई पूर्ण लोडसेडिङ मुक्त बनाइने दाबी गरेकी छन ।
नेपाल नेत्रहिन संघको नवौं राष्ट्रिय महाधिवेशनको शुक्रबार बुटवलमा उदघाटन् गर्दै मन्त्री ज्ञवालीले सरकारले जलविद्युतमा राष्ट्रिय  गौरवका योजना अगाडि बढाएर भए पनि मुलुकलाई आफूले तीन वर्षमा लोडसेडिङ मुक्त बनाउने बताइन् । । सरकारले जलविद्युत उत्पादनका लागि ठूला परियोजना सञ्चालन गरी मुलुकलाई  तीन वर्षभित्रमा पूर्ण लोडसेडिङ मुक्त हुने उनको भनाई छ । 
उनले भनिन  ‘आफू र उर्जा मन्त्रालय निरन्तर लोडसेडिङ कम गरी देशलाई लोडसेडिङ मुक्त बनाउने अभियानमा जुटेको छ’ । 
नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी मन्त्री ज्ञवालीले संविधानसभामा मनोनित हुने २६ जना सभाषदमा सरकारले एक जना अपाङगता भएका व्यक्तिलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिइन् । उनले भनिन ‘ बिहीबार बसेको मन्त्रिपरिषदको निर्णयले २६ जना मनोनित गर्ने सभाषदमा १ जना अपाङग अथवा दृष्टीविहिनलाई प्रतिनिधित्व गराउने निणय गरेको छ ।’ मन्त्री ज्ञवालीले सरकारले अपाङगता भएका सबै नागरिकहरुलाई सरकारले सामाजिक सुरक्षा भत्ताको व्यवस्था गराउने प्रक्रिया अगाडि बढाएको समेत खुलासा गरिने ।
नेता ज्ञवालीले अझै पनि हाम्रो समाजमा अपाङगता भएका व्यक्तिहरुलाई नराम्रो नजरबाट हेर्ने गरिएको भन्दै त्यसको परिर्वतनको लागि सामाजिक सचेतनाको अभियान चलाउनुपर्ने बताइन् ।  अपाङता भएको व्यक्तिहरुले पनि अवसर पाए जुनकुनै काम गर्न सक्ने भन्दै उनीहरुलाई हेला नगरी अवसरको खा“चो रहेको बताइन् । उनले नेपालमा ५ प्रतिशत कुनै न कुनै अपाङता भएका नागरिक रहेको भन्दै तिनीहरुको सामाजिक आर्थिक र रोजगारको ग्यारेन्टी अब बन्ने संविधानमा ग्यारेन्टी सरकारले गर्ने बताइन् ।
कार्यक्रममा राष्ट्रिय अपाङग महासंघका महासंघका केन्द्रीय अध्यक्ष सुर्दशन सुवेदीले अपाङता भएका व्यक्तिलाई दया माया नभई अवसरको खा“चो रहेको बताए । उनले संविधानसभाका अपाङता भएका व्यक्तिहरुको पनि सहभागिता हुनुपर्ने बताए ।

0 comments

तपाईंको प्रतिकृया