Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
फुजेल घटनाको मुद्दा फिर्ता लिन सदन र सडकवाट दवाव

कांग्रेस लचिलो बन्ने संकेत
 काठमाडौं ३ बैसाख। फुजेल घटनाको मुद्दा फिर्ता लिन माग गर्दै एकीकृत नेकपा माओवादीले सदन र सडकवाट दवाव दिएको छ ।
एमाओवाद्लिे बुधबार व्यवस्थापिका संसदको बैठक अवरुद्ध गरेको छ भने चितवनमा आन्दोलनलाइृ चर्काएको छ ।  ।
बैठक सुरु हुनासाथ बाबुराम भट्टराईले प्रमुख दलका नेताहरुले सत्यनिरुपण आयोग बन्न लागेको बेलामा मुद्दा चलाउन हुँदैन भनिरहेका बेला प्रधानमन्त्री सुशील कोइरालाले एक्लै मुद्दा चलाउन आदेश दिएको भन्दै आलोचना गरे ।
आफूहरु शान्ति प्रक्रियामा आउँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्ना नजिकहरुले नै शान्ति प्रक्रियामा अवरोध गरेको सुनाउने गरेको भन्दै भट्टराईले कतै गिरिजाप्रसादले भनेको नजिकका मान्छे तपाई त होइन भने प्रधानमन्त्रीलाई प्रश्नसमेत गरेका छन ।
उता नेपाली कांगैेस उक्त मुद्दा लचिलो भएको छ ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले अधिकारी दम्पत्तिको अनसनमा डलरवादीहरुको चलखेल भएको भन्दै यो अनशन तोड्ने जिम्मा अब बरिष्ठ पत्रकार एवं नागरिक समाजका अगुवा कनकमणि दीक्षितले लिनुपर्ने बताएका छन् ।
आफ्नै निवास बोहोराटारमा बुधबार बिहान भेट गर्न आएका द्वन्द्वपीडितसँग कुरा गर्ने क्रममा कांग्रेस नेता पौडेलले फुजेलकाण्डमा किटानी जाहेरी परेका १३ जनालाई अदालतमा मुद्दा चलाइसक्दा पनि अधिकारी दम्पतीले अनशन तोड्न नमानेकोमा आक्रोश पोखे । अब यसको जिम्मा कनकमणि दीक्षितलगायत डलरवादीहरुले लिनुपर्ने पौडेलले बताए ।
‘उनीहरुले कारवाही गर्न भनेका मान्छेलाई मुद्दा चलाइएको छ, अनशन तोड्ने आग्रह गर्दै म आफैं भेट्न जाँदा पनि उनीहरु अनशन तोड्न मान्दैनन्, नेता पौडेलले आक्रोशित हुँदै द्वन्द्वपीडितहरुसँग भने(’यसको जिम्मेवारी कनकमणि दीक्षितले लिनुपर्छ कि पर्दैन रु डलरवादीहरुले लिनुपर्छ कि पर्दैन रु’
कांग्रेस नेता पौडेललाई भेटेर फर्केका न्ययाका लागि द्वन्द्वपीडित समाजका अध्यक्ष जनक राउतले दिएको जानकारी अनुसार द्वन्द्वकालका मुद्दालाई खोतल्दै हिँड्दा आफूहरु पनि परिने भएकाले सहमतिका आधारमा मेलमिलापको बाटोबाट अघि बढ्न ठूला दल तयार रहेको बताएका थिए । 

0 comments

तपाईंको प्रतिकृया