Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कर्मचारीले मुलुक विगारे : मन्त्री पण्डित

भैरहवा ५ बैसाख । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मलुक बहुराष्ट्रिय कर्मचारीले विगारेको आरोप लगाएका छन ।
  नेपाल जेसीजको १७ औ नेशनल काउन्सीलर एकाडेमीको भैरहवामा उद्घाटन गर्दै उनले भने– “ नेपालका निजामति कर्मचारीहरु  नेपालीले तिरेको करबाट तलब खाने तर सपना र विपना विदेशमा राखेकोले यो देश पछाडी परेको छ ।’
    उनको प्रतिप्रश्न छ – तपाइहरु भन्नुस म बहुराष्ट्रिय भए भने म नेपाल र तपाईहरुप्रति कत्तिको जवाफदेही हुन्छु ।’ कर्मचारीहरु बहुराष्ट्रिय हुदा मुलुकको सेवा नभएको जनाए ।
मन्त्रि पण्डितले नेपालका कर्मचारीहरु जागिर खादा खाएको सपथ अनुसार काम नगरी पैसाकोलागी काम गरेको बताए । मन्त्रि पण्डितले पिआर र ग्रिन कार्ड लिएर विदेश गएका कर्मचारीले रेमिन्टयान्सको औषधी खादा झाडापखलाले ग्रस्त भएको बताउदै रोगी कर्मचारीले देशको विकास नहुने बताए ।

0 comments

तपाईंको प्रतिकृया