युक्रेन गृहयुद्धको संघारमा पुगेको पुटिनको भनाई
मस्को – रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन गृहयुद्धको संघारमा रहेको बताएका छन् ।
उनले भने– युक्रेनमा जारी रहेका पछिल्ला क्रियाकलापहरुका कारण त्यहाँ गृहयुद्धको खतरा बढ्दै गएको छ । गएराति जर्मन चान्सलर एन्जेला मार्केलसँगको कुराकानीमा उनले सो भनाई राखेका हुन् । उनले युक्रेनमा सरकारले जारी राखेको कारबाहीका कारण धेरै नागरिकको ज्यान जानसक्ने खतरा रहेको पनि बताए ।
क्रेमलिन सर्भिसले दिएको जानकारीअनुसार राष्ट्रपति पुटिनले हालको क्रिमियाको सरकारलाई अवैध सरकार भनेका थिए ।
उनीहरुका बीचमा हाल क्रिमियामा जारी रहेको पछिल्लो विद्रोहले थप हिंसा मच्चाउने सम्भावनाका बारेमा पनि कुराकानी भएको बताइएको छ ।
साथै केही दिनमा हुन लागेको जेनेभा बैठकमा हाल युक्रेनमा जारी रहेको हिंसाको अन्त्यका लागि प्रभावकारी कदम चाल्नसक्ने अपेक्षा पनि उनीहरुले सो वार्ताका क्रममा गरेका थिए ।
सो बैठकमा रसिया, अमेरिका, युरोपेली युनियन र युक्रेनका प्रतिनिधिहरु भेट्ने छन् । सो वार्ता युक्रेन विषयमा नै केन्द्रित हुने बताइएको छ ।युक्रेनमा हालैका दिनमा फेरि रसियाली समर्थकहरुको विद्रोह सुरु भएको छ । उनीहरुले युक्रेनका कतिपय सरकारी कार्यालयहरु पनि कब्जा गरिरहेका छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले मङ्गलबारमात्र पनि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा देखिएको हिंसात्मक क्रियाकलापहरु रोक्नका लागि पहल गर्न आग्रह गरेका थिए ।
युक्रेनमा रसियाली समर्थकहरुले केही दिनयतादेखि जारी राखेको हतियारको विद्रोहलाई मत्थर पार्ने काममा सघाउन राष्ट्रपति ओबामाले रसियाली राष्ट्रपति पुटिनलाई आग्रह गरेका बताइएको छ ।
युक्रेनमा हाल हतियार उठाइरहेको शक्तिले युक्रेनको सरकारको अस्तित्वलाई स्वीकार गरेको छैन । सो शक्तिले राजनीतिक अस्थिरता निम्त्याउन खोजेको पनि बताइएको छ ।
अमेरिकाले युक्रेनमा हाल देखिएको यस परिस्थितिमा रसियाको हात रहेको बताएको छ भने रसियाले भने आफ्नो संलग्नता अस्वीकार गरेको छ ।गत महिना युक्रेनमा भएको राजनीतिक विद्रोहपछि युक्रेनको क्रिमिया प्रायद्वीप रसियामा विलय भएको छ । त्यसयता पनि त्यहाँ हिंसा रोकिएको छैन ।सो घटनापछि दुई देश अमेरिका र रसियाका बीचको सम्बन्धमा दरार उत्पन्न भएको छ । क्रिमियालाई रसियामा विलय गराउने रसियाले षड्यन्त्र गरेको अमेरिकाको आरोप छ ।
उता रसियाले भने युक्रेनमा राजनीतिक विद्रोह गराएको आरोप अमेरिकामाथि लगाएको छ । हाल विद्रोह गरिरहेको समुदाय रसियाली भाषी रहेका छन् ।सरकारी कार्यालयको कब्जा गरिरहेको स्थानबाट तत्कालै हट्न सरकारले दिएको निर्देशन उनीहरुले अवज्ञा गरेपछि सरकारी सेनाले उनीहरुमाथि कारबाही सुरु गरेको छ ।
ती कारबाहीका क्रममा कयौं नागरिकको ज्यान जान सक्ने आशङ्का गरिएको पनि समाचारमा जनाइएको छ । रसियाले पनि ती कारबाहीमा सर्वसाधारणको हत्या नहोस् भनेर युक्रेन सरकारलाई भनेको छ । एजेन्सी

0 comments
तपाईंको प्रतिकृया