नेतृत्वको लागी हानथाप, कुर्सी हानाहान
बुटवल १५ बैशाख । हेटौडा महाधिवेशनवाट विचार समुहलाई तिलाञ्जली दिएको घोषणा गरिएपनि एमाओवादी जिल्ला सम्मेलनका विचार समुहको प्रभाव देखिएको छ ।
शुक्रवार देखी बुटवलमा शुरु भएको एमाओवादी रुपन्देहीको जिल्ला सम्मेलन विचार समुहको नेतृत्व हानथापले लम्बिएको हो । जिल्ला सम्मेलनमा खास गरी दुई गुटको प्रभाव परेको छ । नेता डा बावुराम भट्टराई पक्षले केन्द्रवाटै वामदेव क्षेत्रीलाई जिल्लाको नेतृत्वमा ल्याउन दवाद दिएपछि सहमतीको कुरा विथोलिएको श्रोतको भनाई छ । अर्का केन्द्रिय सदस्य माधव शर्मालाई अध्यक्ष पुष्पकमल दाहाल पक्षको समर्थन रहेको बुझिएको छ । सम्मेलनमा यदी सहमती भएन भने सोमवार मतदान प्रकृया शुरु हुने बताईएको छ ।
नेतृत्वको लागी दुई समुह छुट्टा टुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रने सम्मावना वढेर गएको प्रतिनिधीहरु बताउछन । रुपन्देही जिल्लामा दुई समुहकै प्रभाव वरावरी जसो रहेको बताईन्छ । ‘जनयुद्धकालिन’ अधिकांस कार्यकर्ताले माधव शर्मालाई साथ दिएका छन । त्यसै गरी केन्द्रिय सदस्यहरु हकिकुल्लाह खा, डिलाराम आचार्य र गिरीधारीलाल न्यौपानेले कुन पक्षलाई साथ दिने हुन निक्यौल भईनसकेको श्रोतको भनाई छ । यदपी उनिहरुले प्रचण्ड पक्षलाई समथन गर्ने सम्भावना रहेको वताईन्छ । सर्वसम्मतमा नेतृत्व चयन गर्न नसेको अवस्थामा मतदान प्रकृयामा गए प्रचण्ड पक्ष वलियो देखिने सम्भावना वढेको श्रोतले बतायो ।
एमाओवादीको विधान अनुसार पहिले सदस्यमा निर्वाचित भएपछि पहिलो वैठकले पदाधीकारी चयन गर्ने प्रावधान रहेको छ । जिल्ला नेतृत्वमा आफ्नो विचार समुहको नेता ल्याउन केन्द्रवाट अनावश्यक हस्तक्षेप हुने गरेको कार्यकर्ताहरु बताउ“छन ।
कुर्सी हानाहान
बुटवलमा जारी सम्मेलनमा सोमवार कुर्सी हानाहान भएको छ । सर्व सम्मतको लागी भन्दै प्यानल प्रस्तुत गरे पछि एक पक्षिय भएको भन्दै प्रचिनिधीहरुले कुर्सी तोड्नुको साथै कुर्सी फालेका थिए । ४ वटा कुर्सी तोडिएको सहभागी एक प्रतिनिधीले सुपरखबर डटकमलाई बताए । आक्रोसित प्रतिनिधीहरुले निर्वाचन गराउन माग गरेका छन । तर नेताहरुले सर्वसहमतीको लागी पहल गरिरहेको बताएका छन । श्रोतका अनुसार केही नेताहरु निर्वाचन भए आफू नै हार्ने अवस्था आएकाले जसरी पनि सहमती गराउन पहल गरिरहेका छन ।

0 comments
तपाईंको प्रतिकृया