Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमाओवादीको रुपन्देही जिल्ला सम्मेलन

बुटवल ११ वैशाख । एकिकृत नेकपा माओवादीको जिल्ला सम्मेलन आज शुक्रवार हुदैछ । कान्ति सभागृह बुटवलमा हुन लागेको सम्मेलनको एमाओवादीका नेता तथा सभाषद टोपबहादुर रायमाझीले गर्ने कार्यक्रम तय भएको जिल्ला सम्मेलन आयोजक समितीका संयोजक तथा केन्द्रिय सदस्य वामदेव क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार कान्तिसभा गृहमा विहान ११ वजेदेखी सम्मेलन सुरु हुने छ । यस अघि एमाओवादीले  वुटवल वहुमुखी क्याम्पसमा खुल्ला सभामा सम्मेलन उद्घाटन गर्ने  जनाएको थियो । जसलाई सम्वोधन गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने पत्रकार सम्मेलन गरी जानकारी दियो ।
तर अध्यक्ष प्रचण्डको कार्यव्यस्तताले उनि बुटवल आउन नसेकपछि सम्मेलनको उद्घाटन नेता रायमाझीबाट गराउन लागिएको एमाओवादी रुपन्देहीले जनाएको छ । सम्मेलनको पुर्व सन्ध्यामा एमाओवादील्े वुटवलमा मार्चपास निकालेको थियो । मिलनचोकवाट शुरु गरेको मार्चपास टफिकचोक पुगेर समापन भएको थियो । सम्मेलन कै अवसरमा यस अघि लुम्विनी अंचल अस्पतालका विरामीलाई फलफूल वितरण , रक्तदान तथा नगर सरसफाई गरिएको थियो ।
नया नेतृत्व समेत चयन गर्ने उक्त सम्मेलनमा गाविस तथा नगरका वडावाट चयन भएर आएका र मनोनित करिव ४ सय प्रतिनिधीहरु सम्मेलनमा सहभागी हुदैछन । सहमतीवाट नेतृत्व चयन हुन नसकेको अवस्थामा निर्वाचन समिती तयारी अवस्थामा रहेको छ । जिल्ला संयोजक क्षेत्रीले सहमतीको प्रयास असफल भए निर्वाचन विधिवाट नेतृत्व चयन गरिने जानकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया