बैँक मर्जरको प्रस्ताव पारीत
बुटवल, २८ चैत्र । पश्चिमाञ्चल ग्रामिण बिकास बैँकको साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेको छ । मर्जरको प्रस्ताव पारित भएपछि नेपालका ५ वटा ग्रामिण बिकास बैँक गाभ्ने प्रकृयाले गति लिने अपेक्षा गरिएको छ ।
मर्जर प्रकृयामा असन्तुष्टि जनाउदै आएका शेयर धनी महिलाहरुको अवरोध र बिभिन्न बिवादका बावजुद आज शुक्रबार बुटवलमा सम्पन्न १९ औँ साधारण सभाले मर्जर प्रस्ताव पारित गरेपछि बाटो खुला भएको हो । यसबाट अव ५ वटा क्षेत्रीय ग्रामिण बिकास बैँक गाभेर एउटै राष्ट्रिय स्तरको लघुबित्त बिकास बैँक बन्ने निश्चित भएको छ । अन्य ४ वटा बैँकहरु घाटामा संचालित रहेको अवस्था र पश्चिमान्चल मात्र नाफामा रहेका कारण गाभ्न नहुने तर्क शेयर धनी महिलाहरुको थियो । मर्जर प्रकृयामा पुगेपछि संचालक समिति र कर्मचारी ब्यबस्थापनमा नेतृत्व गर्ने जिम्मेवारी पश्चिमाञ्चलले पाउने भएपछि सहमतीमै बैँकहरुको मर्जर प्रकृया अघि बढेको थियो । यसअघि एकतह स्वत बढुवा लगाएतका बिभिन्न माग राखेर कर्मचारीहरु पनि आन्दोलनमा उत्रेका थिए । यद्यपी बिभिन्न अवरोध र बिवादका बिच आज सम्पन्न साधारण सभाले अध्यक्षको प्रतिबेदन, लेखा परिक्षण प्रतिबेदन, बार्षिक प्रतिबेदन र मर्जर सम्बन्धि बिशेष प्रस्ताव आदी सर्वसम्मत रुपले पारित भएको जनाइएको छ ।
बैँक संचालक समितिका अध्यक्ष जगतबहादुर पोखरेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको संचालन कम्पनी सचिव दिपक पाण्डेले गरेका थिए । साधारण सभा शुरुहुनु अघि शेयर धनी महिलाहरुले पश्चिमाञ्चल ग्रामिण बिकास बैँकको केन्द्रिय कार्यालयमा तालाबन्दी गरि धर्ना बसेका थिए । उनिहरुले बैँकलाई मर्जरमा नलैजान माग गर्दै जबरजस्ती मर्ज गर्नेभए आफ्नो शेयर रकम फिर्ता गर्न माग राख्दै आएका थिए ।

0 comments
तपाईंको प्रतिकृया