Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
होटल व्यवसायीद्धारा व्यवसायीक आचार संहिता जारी

बुटवल,६ बैशाख । व्यवसायलाई मर्यादित बनाउन होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले १० बुदे व्यवसायीक आचार संहिता जारी गरेको छ ।
 बुटवल तथा रुपन्देही जिल्लालाई नेपालकै नमूना होटल व्यवसायी बनाउने लक्ष्य सहित संघले व्यवसायीक आचार संहिता जारी गरेको संघका अध्यक्ष मोदनाथ वेल्वासेले बताउनु भयो । जारी आचार संहितामा आगन्तुक पाहुनाको विबरण खुल्ने गरी ईन्टृी पुस्तिका राख्ने, क्याबिनमा पर्दा राख्न नपाउने , वेटरहरुले ग्राहकहरुसंग संगै बसेर खान नपाउने, होटलमा महिला कामदारलाई रुममा सर्भिस नगराउने, कर्मचारी तथा मजदुरलाई अनिवार्य युनिफम र परिचयपत्रको व्यवस्था गर्नु पर्ने रहेका छन ।
त्यस्तै होटल तथा रेष्टुरेण्टमा सबैले देख्ने गरी स्थायी लेखा नम्बर अन्त शुल्क इजाजत पत्र घरेलु , नगरपालिका तथा संघमा दर्ताको प्रमाण पत्र र मुल्य सुचि अनिवार्य टाग्नु पर्ने व्यवसायको स्तर अनुसारको सरसफाई, सुचना वोर्डको व्यवस्था, राज्यले निर्धारण गरेका कानुनको पालना, वाल  श्रमको प्रयोग मा निषेध र महिला कामदारलाई काम सकिए पछि घरसम्म पुत्याउने व्यवस्था वा कार्य स्थलमा बस्ने भयमा सुरक्षित बासको व्यवस्था मिलाउनु पर्ने आचार संहितामा उल्लेख गरिएको अध्यक्ष वेल्वासेले बताए ।
संघद्धारा शनिवार आयोजित नव वर्ष २०७१ सालको शुभ कामना आदान प्रदान तथा भित्रे क्यालेन्डरको बिमोचन समारोहमा उतm जानकारी गराईएको हो । क्यालेन्डरको बिमोचन गदैं संघका संस्थापक अध्यक्ष ध्रुव तुलाचनले पेशालाई मर्यादित र स्तरिय बनाएमा  प्रशासन सगं डराउन नपर्ने बताए ।
होटल व्यवसायी महासंघ नेपालका निर्वतमान अध्यक्ष माधव नेपाल महासंघका महा सचिव हिरा ध्वज शाह संघका वरिष्ठ उपाध्यक्ष समुन्द्र जिसी महासचिव  राम प्रसाद गौतम प्रेस सल्लाहकार यमलाल भुसाल लगाएतले रुपन्देही जिल्लालाई पर्यटकिय गन्तव्य बनाउनमा योजनावद्ध रुपमा अघि बढ्न जरुरी रहेको बताए ।

0 comments

तपाईंको प्रतिकृया