Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
को को हुन तेल चोर्नेहरु

१९ ट्यांकरसँगको सम्झौता निलम्बन
बुटवल १८ बैशाख, । नेपाल आयल निगमले डिजेल चोरीमा संलग्न १९ वटा ट्यांकरसँगको सम्झौता निलम्बन गरेको छ ।  निगमले भारतको बेतालपुर डिपोबाट निगमको पश्चिमाञ्चल डिपोसम्म ल्याउने क्रममा १७ हजार लिटर बढी डिजेल चोरीमा संलग्न ट्यांकरसँगको सम्झौता निलम्बन गरेको हो ।

केही दिन अघि प्रहरीले रुपन्देहीको पडसरी र धवलीय क्षेत्रबाट डिजल लुकाईरहेको अवस्थामा  ट्याकर र १३ जना सहयोगी लाई नियन्त्रणमा लिएको थियो ।
निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भबलबारीको मातहत रहने गरी सञ्चालनमा रहेका ति  ट्यांकरले निगममा तेल बुझाउनुअघि संगठितरुपमा बाटैमा चोरी, साटफेर जस्ता चुहावटका काम गरिरहेकै अवस्थामा फेला परेको जनाउँदै ८ जना सञ्चालकका १९ वटा ट्यांकरमाथि कारबाही शुरु गरिएको जनाईएको छ ।

निगमले बिहीबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ “टैंक ट्रकबाट पेट्रोलियम पदार्थ ढुवानी नियमावली ०५३ वमोजिम्” तत्काल देखि लागू हुने गरी निजहरुसँगको कराररसम्झौता निलम्बन गरिएको छ । साथै ती टैंकरका चालक एवम् सहचालहरुलाई कुनै पनि पेट्रोलियम पदार्थ ढुवानी कार्यमा संलग्न हुनबाट रोक लगाइएको छ ।’
तेल चोरीमा संलग्न ट्यांकर धनी एमव् ढुवानीकर्ताहरुमा चोपनारायण श्रेष्ठ, पिंकी एन्ड प्रिती जैसवाल, पशुपतिनाथ कसौधन, राजेशकुमार कसौधन, दयाशंकर प्रसाद कसौधन, पप्पुकुमार कसौधन, प्रेमराज गैरे, विनोद उप्रेती, हरिबहादुर कुँवर, रुपादेवी जैसवाल, सञ्जु श्रेष्ठ, विजेन्द्रकुमार चौधरी, रुद्रप्रसाद शर्मा, प्रिया गुरुङ र चौधरी फिलिङ्ग सेन्टर रहेका छन् । विनोद उप्रेती तेल लुकाउने घरका मालिक समेत हुन् । प्रहरीले पडसरी१ बाट विनोद उप्रेतीकी पत्नी बबिता उप्रेतीसहित जनालार्इ पक्राउ गरिसकेको छ  ।  केही भने फरार रहेको प्रहरीको भनाइ छ ।

0 comments

तपाईंको प्रतिकृया