डिजेल चोरी गर्नेलाई कारबाहीको माग गर्दै युवाहरुद्धारा प्रदर्शन
बुटवल २६ बैशाख । डिजेल चोरीमा संलग्नलाई कारवाहीको माग गर्दे युवाहरुले सिद्धार्थ राजमार्गमा प्रदर्शन गरेका छन् ।
झरना स्पोर्टस क्लब, सम्झना स्पोर्टस क्बल, बीएमसी युवा क्लब, साहारा युवा क्लब, रिभर साइड युवा क्लब र हिमाली युवा क्बलमा आबद्ध युवाहरुले सडक अवरुद्ध गरेका हुन् ।
उल्लेख्य संख्यामा भेला भएका युवाहरुले डिजेल चोर देश छोड जस्ता नारा लगाएर सडकमा उत्रिएका छन् । उनीहरुले भलबारीमा रहेको पश्चिमाञ्चल ट्यांकर संघको कार्यालयमा धर्ना दिने बताएका छन् ।
भारतबाट नेपाल ल्याइएको डिजल आयल निगमको डिपोमा नपुर्याई गत बैशाख १६ गते बीच बाटैमा चोरेर भण्डारण गर्ने काममा संलग्न पूर्वमन्त्रीका छोरासहित १८ जना विरुद्ध रुपन्देही प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ ।

0 comments
तपाईंको प्रतिकृया