नवनिर्वाचित कार्यसमितिद्धारा पदभार ग्रहण
काठमाडौँ, २८ बैशाख – नेपाल पत्रकार महासङ्घको हालै सम्पन्न २४ औँ महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिले आईतवार एक कार्यक्रमकाबीच पदभार ग्रहण गरेको छ ।
पदभार ग्रहण कार्यक्रममा संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्बाङले समयमै संविधान निर्माणका लागि यसपटक कार्यतालिका फेरबदल नगर्ने बताए । उनले एक वर्षभित्रै संविधान बनाउने कामलाई सार्थकता दिन सञ्चारकर्मीले राजनीतिक नेतृत्वलाई घच्घच्याउनु पर्ने जिम्मेवारी रहेको बताए ।
एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुनले नेपाली सञ्चार जगतको व्यवसायिक विकास तथा मोफसलमा मिडियाको व्यवसायिक दक्षता र सुरक्षाको सुनिश्चितता गर्न महासङ्घको नयाँ नेतृत्वको चुनौती रहेको छ भन्दै सङ्गठनलाई लोकतान्त्रिक पद्धत्तिमा व्यावसायिक ढङ्गले लैजान जरुरी भएको उल्लेख गरे ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा। महेन्द्र विष्टले महासङ्घलाई समावेशी र सामूहिक सङ्गठनका रूपमा विकास गर्दै एकताबद्ध ढङ्गले जुझारु सङ्गठन बनाउन लागिपर्ने प्रतिबद्धता जनाए ।
महासङ्घका निवर्तमान अध्यक्ष शिव गाउँलेले नयाँ नेतृत्वले श्रमजीवी पत्रकारको समस्या र उनीहरूको हितमा काम गर्नका लागि सम्झौतारहित भूमिका निर्वाह गर्दै राम्रो पत्रकारितालाई अघि बढाउन भूमिका खेल्नुपर्नेमा जोड दिए ।सो अवसरमा महासङ्घका निवर्तमान अध्यक्ष शिव गाउँलेले नवनिर्वाचित अध्यक्ष डा। महेन्द्र विष्टलाई माइन्यूट निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए ।
सो अवसरमा महासङ्घको भवन निर्माणमा सहयोग पु¥याएबापत पूर्व अर्थमन्त्रीसमेत रहेका एमाओवादी नेता वर्षमान पुनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । बैशाख २१ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न महासङ्घको २४औँ महाधिवेशनबाट ४५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो ।

0 comments
तपाईंको प्रतिकृया