Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
तीन दलमा सहमती जुटेन

काठमाडौ,२९ वैशाख । प्रमुख तीन दलहरु विच २६ सभासद्को मनोनयन, न्यायाधीश नियुक्ति र सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठन लगायतका विषयमा सहमति जुट्न सेकने । कांग्रेस, एमाले र एमाओवादीबीच सोमबार बसेको बैठकमा ति विषयमा सहमति जुटाउने  प्रयास भएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा २६ सभासद्को तीन दलबीच गरिने भागबण्डामा कुरा नमिलेको हो। दलीय भागबण्डामा कुरा नमिलेपछि साझा रुपमा सभासद् मनोनित गर्ने विषयमा छलफल भएपनि निर्णय हुन सकेन ।
बैठकमा संविधानसभामा गठन गर्न बाँकी रहेका २६ सभासद् नियुक्त गर्ने, विगतमा प्रमुख तीन दलबीच भएका सहमतिलाई कार्यान्वयन गर्ने र संवैधानिक निकाय एवम् राजदूत नियुक्त गर्ने विषयमा समेत प्रारम्भिक छलफल भएको एमाओवादीका नेता पोष्टबहादुर बोगटीले बताए । उनका अनुसार आजको बैठकमा प्रारम्भिक छलफल मात्र भएकाले मङ्गलबार बस्ने बैठकमा कार्यसूचीअनुसार छलफल गरी निर्णयमा पुगिने छ ।

बैठकमा काँग्रेसका तर्फबाट सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, महामन्त्री एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंह, महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य एवम् अर्थमन्त्री डा रामशरण महत र केन्द्रीय सदस्य एवम् कानुनमन्त्री नरहरि आचार्य, एमालेतर्फबाट वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री नेपाल, उपाध्यक्ष एवम् उपप्रधानमन्त्री वामदेव गौतम, उपाध्यक्ष विद्यादेवी भण्डारी र महासचिव ईश्वर पोखरेल तथा एमाओवादीका तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र बोगटी रहेका थिए ।

0 comments

तपाईंको प्रतिकृया