Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
घरवेटीबाट अन्यायमा परेको गुनासो

रुद्रहरि कुंवर
बुटवल  ३० वैशाख ।
बुटवलका एक युवा व्यवसायीले आफू घरवेटीवाट अन्यायमा परेको गुनासो गरेको छन । घरवेटीका कारण आफ्नो व्यवसाय चौपट भएको वताउदै उनले न्यायको लागी पहल गरिदिन संचारकर्मी तथा मानवअधिकारर्मीलाई आग्रह गरेका छन ।
वुटवल –५ का सञ्जिव श्रेष्ठले  वुटवल– ११ राजार्ग चौराहामा एक रेष्टुरेण्ट संचालन गरेका थिए  । रेष्टुरेष्ट संचालन भएको घरका मालिक मधुसुधन लाल श्रेष्ठ पनि उक्त रेष्टुरेण्टका शेयर धनी थिए ५० हजारको ।
  २०६७  मंसिर १९ गते सहमतीमा मासिक १५ हजार रुपैया भाडा तिर्ने गरी ५ वर्षको लागी  भाडा सम्झौता भयो । रेष्टुरेष्ट संचालनको लागी सर्त थियो डेकोरेशनका सम्पुर्ण काम संञ्जिव श्रेष्ठले गर्ने । ‘मैले ६५ लाख भन्दा वढि खचै गरेर डेकोरेशन गरे, टवाईलेट वाथरुम वनाए । माथिल्लो तलाको पुरै संरचना वनाए  । श्रेष्ठले दोश्रो तेश्रो र चौथो फ्याट भाडामा लिएका थिए । विजुली वायरिङ समेत गरेको उनले बताए ।
उनको गुनासो छ – संरचना वनेपछि घरवेटीवाट संचालनमा अवरोध गर्ने मात्र काम भयो ।’ सम्झौता अनुसार विजुली पानी पार्किङ सुविधा नपाएको उनको भनाई छ  । छिमेकीसंग जग्गाको विवादका कारण विजुली पानी उक्त घरमा जोडिएको थिएन । नजिकैको लुम्विनी नसिङ कलेजवाट विजुली ल्याईएको थियो । पानी टयाङकरवाट ल्याउने गरिथ्यो ।
‘६ महिना सम्म जेनेरेटर चलाएर रेष्टुरेष्ट चलाए पछि जेनेरेटर पनि चलाउन दिएनन ।’ उनले भने– यस्तो अवस्थामा कसरी रेष्टुरेष्ट चलाउने, सकिन वन्द भयो ।’ ५ वर्ष सम्मको लागी भाडा सम्झौता भए पनि ६ महिना पनि राम्रोसंग चलाउन नदिएको उनले गुनासो गरे । विक्रि गर्न खोज्दा पनि विक्रि गर्न नदिएको उनले गुनासे गरे । उनले भने– ग्राहक आउदा विक्रि गर्न पनि नदिने आफैलिनुस भन्दा पनि नलिने ।’ मासिक भाडामा कटाउने गरी ५ लाख रुपैया एडभान्स दिए पनि त्यसको कुनै हिसाव किताव गर्न नखोजेको उनले बताए । २०७०  असार १९ गते फेरी सम्झौता भएको र मासिक ६० हजार भाडा तिर्ने सहमती पछि केही महिना  रेष्टुरेष्ट संचालन भएको उनले बताए ।
 शुरुमा के– सेभेन रेष्टुरेष्ट पछि नाम परिवर्तन गरी फ्लाई रेष्टुरेष्ट वनाईएको थियो । फ्लाई रेष्टुरेष्ट पनि घरवेटीले सम्झौता अनुसार विजुली पानी दिन नसक्दा संचालन हुन नसकेको  उनले बताए । उनि भन्छन– मुस्किलले २ महिना वढि  चलाए , घरवेटीले संचालनमा अवरोध मात्र गर्नुभयो ।’
 त्यस पछि बन्द भएको उक्त रेष्टुरेष्ट घरवेटीले रेष्टुरेष्ट संचालक श्रेष्ठलाई थाहै नदिई  सोमवार प्रहरी लगाएर खोलेका छन । ‘मलाई जानकारी नदिई ताला फोरीयो ।’ संचालक श्रेष्ठले भने–इलाका प्रहरी कार्यालयमा सोमवार विहान फोन गर्दा तपाईको रेष्टुरेष्ट खोलिदै भन्ने जानकारी पाए तर मलाई घरवेटीले केही जानकारी दिएनन ।’
सामान्यतया भाडामा लगाएको घर खाली गराउन  वा घर छाड्न ३५ दिन अघि जानकारी दिनु पर्छ  तर  रेष्टुरेण्टको ताला खोल्दा जानकारी नदिएको उनले बताए ।  प्रहरी लगाएर एकाएक रेष्टुरेष्टको ताल खोलेको उनि आश्चर्य चकित भएका छन ।  घरवेटीबाट अन्यायमा परेको भन्दै उनि प्रहरी प्रशासन, मानवअधिकार आयोग सम्म पनि नपुगेका होईनन । आमरण अनसनमा समेत वसेका थिए । प्रहरीले उक्त विषयको जिम्मा लिने भएपनि वुधवार अनसन तोडेका थिए । भन्छन–‘ एस्पी सावले मैले जिम्मा लिन्छु भनेर अनसन तोडाईयो मैले सोचेको थिए दुई पक्षमा छलफल हुन्छ भन्ने तर भएन एकतर्फि रुपमा रेष्टुरेष्टको ताला खोलियो ।’ उनले घरको संरचना तयार गर्दा भएको खर्च र बन्द रहेको अवधीको उचित क्षेतिपुर्ती नदिदा सम्म आमरण अनसनमा बस्ने वताएका छन । उनले न्याय नपाउदा सम्म स –परिवार आमरण अनसनमा बस्ने बताए ।
 उता घरवेटी मधुसुदनलाल श्रेष्ठले नियमित रुपमा भाडा नपाएकाले वाध्य भएर ताला खोल्नु परको दावी गरे । उनले भने– भाडामा लगाउन पनि पाईन, भाडा पनि पाईन त्यसैले नगरपालिका उद्योग वाणिज्य संघका प्रतिनिधीको रोहवरमा ताला खोलेको हु“ ।’  उनले अहिले सम्म भाडा वापत १ लाख २० हजार  र एडभान्स वापतको ५ लाख रुपैया मात्र पाएको बताए ।
इलाका प्रहरी कर्यालय वुटवलवाट खटिएका प्रहरी घेरामा रेष्टुरेष्टको ताला फोरिएको थियो । इलाका प्रहरी कार्यालय वुटवलका प्रमुख दिनेश  आचार्यले पटक –पटकको छलफल गराउदा समेत कुनै निष्कर्षमा नपुगे पछि ताला खोलिएको वताए । रेष्टुरेष्टमा भएका सामानहरुको मुचुल्का तयार गरी राखिएको बताए । उनका अनुसार तिन महिना पहिले दुई पक्षलाई राखेर छलफल गराउन भनि जिल्ला प्रशासन कार्यालयवाट पत्र आएको थियो । 

0 comments

तपाईंको प्रतिकृया