Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
तेल चोरीमा संलग्नलाई कारवाही गर्न राजनितिक दलको माग

बुटवल २७ वैशाख ।  रुपन्देही जिल्लामा क्रियासिल विभिन्न राजनितीक दलहरुले  नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलवारीमा भारतबाट तेल ल्याउंदा बीचबाटोवाटै तेल चोरी भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै उक्त घटनामा संलग्नलाई तत्काल कारवाही गर्न माग गरेका छन् । 

एमाओवादीका जिल्ला अध्यक्ष वामदेव क्षेत्रीको अध्यक्षतामा सनिवार वसेको सर्वदलिय वैठकले चोरीको घटना र त्यसपछि यस क्षेत्रमा देखिएको पेटेलियम पदार्थको अभावप्रति चासो देखाएको हो ।
 वैठकले तेलचोरीमा संलग्न कर्मचारी टयाङकर व्यवसायी र सम्वन्धीत सवै व्यक्तिलाई  गिरफ्तार गरी कडा कारवाही गर्न माग गरेको छ ।  त्यसै गरी राजनितिक दलहरुले  पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन  सरकारसंग माग गरेका छन् ।
वैठकले ट्याङ्कर एसोसिएसनबाट दोषीलाई बचाउने षड्यन्त्र भैरहेको ठहर गर्दै बैठकले नेपाली जनताको ढाड सेक्ने कार्य तुरुन्त बन्द गर्नका लागि आवश्यक पहल गर्नसमेत सरकारसंग माग गरेको छ । 
वैठकपछि एमाओवादीका जिल्ला अध्यक्ष वामदेव क्षेत्री, एमालेका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठ, नेपाली कांगे्रसका मुक्तिप्रसाद अधिकारी, नेकपा– माओवादीका शरद ओली, नेकपा एकीकृतका केजीकुमार पौडेल, राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठ, नेकपा मालेका पुरन के.सी र राष्ट्रिय जनमुक्ति पार्टीका ज्ञानबहादुर थापाद्धारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा  दोषीलाई कारवाही गर्न माग गर्दै भोलिे जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरिएको उल्लेख छ ।

0 comments

तपाईंको प्रतिकृया