Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
२५५८ औ बुद्ध जन्मजयन्ती मनाईदै

काठमाडौं ३१ बैशाख । आज २५५८ औ बुद्ध जन्मजयन्ती । विभिन्न कार्यक्रम गरी मुलुकभर बुद्ध जन्मजयन्ती मनाईदै छ ।
सो अवसरमा राष्ट्रपति, उपराष्ट्पति, प्रधानमन्त्रि  र पुर्व  प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले  शुभकामना दिएका छन ।  राष्ट्रपति डा रामबरण यादबले शुभकामना सन्देश दिँदै विश्वमा शान्ति, अहिंसा र प्रेमको सन्देश फैलाउन गौतमबुद्धका उपदेशहरू सान्दर्भिक र जीवनपयोगी भएको बताए ।
सन्देशमा राष्ट्पतियादबले विविधतायुक्त नेपाली समाजमा गौतम बुद्धको मार्गदर्शनले सम्पूर्ण धर्मावलम्बी, जातजाति, भाषाभाषीबीच सहिष्णुताको परम्परामा अभिवृद्धि गरी देशमा शान्ति, समृद्धि र सुस्वास्थ्य कायम गर्न प्रेरित गर्ने उल्लेख गरेका छन् ।

यसैगरी, बुद्ध जयन्तीकै अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति परमानन्द झाले शान्ति र अहिंसाका प्रतिमूर्ति गौतम बुद्धले देखाएको सत्मार्ग सबैका लागि सदैव अनुकरणीय र मननीय रहिआएको बताएका छन् ।
प्रधानमन्त्री सुशील कोइरालाले २५५८ औ बुद्धजयन्तीका अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै बुद्धको ज्ञान अहिले पनि महत्वपूर्ण रहेको बताएका छन् ।
उनले सन्देशमा  आपसी सद्भाव, सहमति, सहकार्य र एकताका माध्यमबाट मुलुकमा दिगो शान्ति र राजनीतिक स्थिरता कायम गर्नर् सकिन्छ भन्ने मेरो विश्वास छ ।’ उल्लेख गरेका छन ।
त्यसै गरी एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ‘विश्व शान्ति नगरी’का रुपमा विकास गर्न आफ्नो पार्टीले निरन्तर पहल गरिरहेको बताएका छन् ।
गौतम बुद्धको २५५८ औं जन्म जयन्तीका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्९ ‘गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ‘विश्व शान्ति नगरी’ को रुपमा विकास गरी धार्मिक, साँस्कृतिक एवम् पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि हाम्रो पार्टीले निरन्तर पहल गर्दै आएको सर्वविदितै छ ।’ वुद्ध जन्मजयन्तीको अवसरमा भगवान गौतमवुद्धको जन्मस्थल लुम्विनीमा भव्य कार्यक्रम गरिदै छ ।

0 comments

तपाईंको प्रतिकृया