Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमआरपी कार्यान्वय गर्न कडार्इ

काठमाडौं १ जेठ । वैदेशीक रोजगारीमा रहेकाहरुको समस्यालाई ध्यानमा राखर वैदेशिक रोजगार विभागले हस्तलिखित राहदानीमा श्रम स्वीकृती दिन सुरु गरेको छ ।
यस अघि जेठ १ गतेबाट मेसिन रिडेवल पासपोर्ट (एमआरपी) भएकालाई मात्र श्रम स्वीकृती दिने विभागले निर्णय गरेको थियो।
जेठ १ गते अघिनै भिसा आइसकेकाहरुले भने एमआरपी बनाउन निवेदन दर्ता गरेको रसिदको प्रमाणित प्रतिलिपीसहित निवेदन दिएको अवस्थामा  हस्तलिखित राहदानीबाट श्रम स्वीकृति दिइने वैदेशिक रोजगार विभागका प्रवक्ता बद्रीकुमार कार्कीले जाकारी दिए ।
पुनः श्रमस्वीकृतिको हकमा एमआरपीको निवेदन दर्ता गरेको रसिदको प्रमाणित प्रतिलिपी संलग्न राखी निवेदन दिएमा हस्तलिखित राहदानीबाट पुनः श्रमस्वीकृतिका लागि स्वीकृति दिइने प्रवक्ता कार्कीले बताए ।
 विश्वभर अनिवार्य रुपमा एमआरपी राहदानी लागू गर्ने प्रावधान लागू भएपछि नेपाली कामदारलाई सहज होस् भनेर वैदेशिक रोजगार विभागले एमआरपी कार्यान्वय गर्न कडार्इ गरेको हो ।
अन्तराष्ट्रिय उड्ययन संगठन आईकाओको निर्णय अनुसार नोभेम्बर २४ २०१५ सम्म हस्तलिखित राहदानी चल्छ । 

0 comments

तपाईंको प्रतिकृया