भारतमा भाजपाको बहुमत, मोदी प्रधामन्त्रि बन्ने निश्चित
काठमाडौं, २ जेठ । भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले ३० वर्षको रेकर्ड तोडदै बहुमत ल्याउएको छ ।
शुक्रबार साँझ सम्पन्न मतगणनामा बीजेपी एक्लैले २ सय ८३ सिट जितेको छ । ५ सय ४५ सदस्यीय लोकसभामा बहुमतका लागि २ सय ७३ सीट आवश्यक पर्छ ।
भारतमा पछिल्लो ३० वर्षमा पहिलोपटक भाजपाले गठवन्धनविना बहुमत ल्याएको हो । बीजेपी नेतृत्वको एनडीए गठवन्धनले कुल ३३७ सिट जितेको छ ।
सत्तारुढ कांग्रेसले नराम्रो हार व्यहोरेको छ । १० वर्ष भारतको सत्ता चलाएको कांग्रेसले ४३ सिट मात्रै जितेको छ । कांग्रेस नेतृत्वको यूपीए गठनले कुल ५८ सिट जितेको छ । गठवन्धनमा संलग्न लालू यादवको पार्टीले तीन सिटमात्रै जितेको छ ।
अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी समेत चुनावमा पत्तासाफ भएको छ । आपले चार सिट मात्रै जितेको छ । मोदीविरुद्ध वाराणसीमा उम्मेदवारी दिएका केजरीवाल हारेका छन् ।
जयललिताको एआईडीएमकेले ३६ सिट जितेको छ भने पीश्चम बंगलामा ममता बेनर्जीको त्रिणमूल कांग्रेसले ३४ सिटमा जीत हात पारेको छ । मुलायम सिंहको एसपीले चार सिटमात्रै जितेको छ ।
७ अप्रिलबाट सुरु भएर १२ मेसम्म ९ चरणमा सम्पन्न निर्वाचनमा ५१ करोड बढी भारतीय मतदानले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
नरेन्द्र मोदीलाई प्रधानमन्त्री मनमोहन सिंह, बिजेपीका अध्यक्ष राजनाथ सिंह र नेता लालकृष्ण आडवानीले फोनमार्फत बधाई दिएका छन् । भारतको लोकसभा चुनावमा भारतीय जनता पार्टीले सुविधाजनक बहुमत हासिल गरेपछि नरेन्द्र मोदी नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

0 comments
तपाईंको प्रतिकृया