Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
लगानी आकर्षणमा बजेट केन्द्रित : अर्थमन्त्रि

बुटवल ३ बैशाख । अर्थमन्त्रि डा. रामशरण महतले लगानी गर्ने वातावरण बनाउन सरकार तयार रहेको बताएका छन । ‘सरकार लगानी मैत्री वातावरण वनाउन चाहन्छ ।’ उनले भने– ‘जसले गर्दा विदेशी लगानी पनि भित्राउन सकियोस ।’ उनले  लगानी वृद्धि गर्नको लागी विकासका पुर्वाधारमा निर्माणमा बजेट केन्द्रित गर्ने बताए ।
आर्थिक वर्ष २०७१–०७२ को लागी तयार गर्न लागीएको बजेटको विषयमा उद्योगी व्यवसायीको सुझाव सल्लाह लिन  सनिवार बुटवलमा आयोजना गरिएको पश्चिमाञ्चल स्तरीय छलफल कार्यक्रमममा अर्थमन्त्रि महतले औद्योगिक विकासको लागी आवश्यक पर्ने पुर्वाधार तयार गरी लगानी गर्ने वातावरण वनाउन वजेट केन्द्रित गरीने जानकारी दिए ।
अर्थ मन्त्रालयका सचिव युवराज भुषालले नेपालललाई सन २०२२ मा अल्पविकाससिलबाट विकासिल मुलुककमा लैजाने गरी सरकारले काम गरिरहेको वताउनै त्यसमा निजी क्षेत्रको सहयोग अपरिहार्य भएको वताए ।
 नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले निजी क्षेत्र राष्ट्यि स्वार्थ र मुलुुुको आर्थिक विकासको लागी चिन्तीत भएको बताए । उनले सरकार निजी क्षेत्रसंग सहकार्य गरेर अगाडी वढेमा  मुलुकको आर्थिक विकास दुर्तगतिमा बढ्ने बताए । पश्चिमाञ्चल क्षेत्रका उद्योगी व्यवसायीहरुले अब आउने वजेटमा करको दर भन्दा पनि करको दायरा बढाउन शुझाव दिएका थिए ।

0 comments

तपाईंको प्रतिकृया