Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
विद्यार्थीको स्वास्थ्य परीक्षण

बुटवल, ४ जेठ । इन्टलेक्च्युअल एकेडेमी बुटवलमा आइतवार विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)का वरिष्ठ बालरोग विशेषज्ञ डा. सन्तोष पोख्रेल सहित गणेश सेढाई, विष्णु पाण्डे, रामप्रसाद पौडेल, विष्णु गुरुङ, विष्णु पौडेलको टोलीले विद्यार्थीको स्वास्थ्य परीक्षण गरेको थियो ।
 विद्यालयमा अध्ययनरत नर्सरी देखि कक्षा ८ सम्मका तीन सय ५० विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएकोमा ५० जना विद्यार्थीमा बालरोग समस्या देखिएको प्रबन्ध निर्देशक रामराज पोख्रेल जानकारी दिए । विद्यालयका अध्यक्ष तथा हाडजोर्नी विशेषज्ञ डा. कृष्ण खरेलले  नियमित रुपमा विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिरहेको जानकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया