तीन सय २३ थान सकेट बम बरामद
जाजरकोट ५ जेठ (रासस) जाजरकोट प्रहरीले ३ सय २३ थान द्वन्द्वकालीन जिआई सकेट बम बरामद गरेको छ । रहरीले सुवानाउली२ अफगानका जयबहादुर थापाको घरबाट बम बनाउने सकेट बम बरामद गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।
थापाले पुरानो घर भत्काएर नयाँ घर निर्माण गर्न लाग्दा सकेटको बोरा फेला पारेको प्रजिअ पाण्डेले बताए । तत्कालीन माओवादीले द्वन्द्वकालमा बम बनाउन प्रयोग गरिने उक्त सकेट थापाको घरमा बोरामा लुकाएर राखेको आशङ्का गरिएको छ । रासस

0 comments
तपाईंको प्रतिकृया