Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बजेट छ खर्व ५० अर्बको हुने

काठमाडौं ७ जेठ। आगामी बजेट ६ खर्व ५० अर्ब हाराहारीमा पुग्ने भएको छ ।  ५ खर्व ९६ अबको सिलिङ तोके पनि बढेर ६ खर्व ५० अर्वको हाराहीमा आउन सक्ने अनुमान गरिएको छ ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय योजना आयोगका सदस्य चन्द्रमणी अधिकारीले मुलुकको अर्थतन्त्रलाई क्रियाशिल बनाउने, तिब्र आर्थिक बृद्धि दर हासिल गर्ने र २०२२ सम्म विकसित राष्ट्रको सूचीमा पुर्याउने गरी ८ प्रतिशत जीडीपी पुर्याउने लक्ष्यका साथ बजेट निर्माण भएको बताए ।

पूर्व अर्थ सचिव रामेश्वर खनाले पुँजीगत खर्च गर्न सक्ने भए आन्तरिक र बाह्य ऋण लिएर बजेटको आकार अझै बढाउँदा हुने सुझाव दिए । ठूला र नयाँ योजना ल्याउँदैमा विकास नहुने भन्दै उनले भएका राष्ट्रिय गौरबका आयोजनालाई सम्पन्न गर्न प्रयाप्त बजेटको विनियोजन गर्ने, रोजगार बढाउने र आर्थिक बृद्धि दर बढाउने योजना ल्याउनु पर्ने बताए ।
योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले बजेट ठूलो आकारको ल्याउँदैमा विकास नहुने धारणा राखे । सबै आफैंमा केन्द्रीत गर्ने गरी अर्थ मन्त्रालय सेरोगेटिभ पद्धतिबाट अघि बढेको तथा सम्बन्धीत निकायलाई स्वामित्व ग्रहण गर्न नदिँदा पुँजीगत खर्च हुन नसकेको भन्दै उनले सुधारको आवश्यकता औल्याए ।नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले विकास बजेट खर्च हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

0 comments

तपाईंको प्रतिकृया