Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
वरिष्ठ पत्रकार सम्मानबाट ज्ञवाली सम्मानित

  काठमाडौँ, १४ जेठ  । सरकारले २०७० सालको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट कवीर राणा तथा वरिष्ठ पत्रकार सम्मानबाट हरिहर विरही, अर्जुन ज्ञवाली र शम्भु श्रेष्ठलाई सम्मान गरेको छ ।
सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले बुधवार  मन्त्रालयमा आयोजित एक समारोहमा सम्मानपत्रसहितको सो पुरस्कार प्रदान गरेका हुन् । सो अवसरमा उनले स्वतन्त्र, निष्पक्ष र जिम्मेवारपुर्ण पत्रकारिताका माध्यमबाट पत्रकारले समाज र राष्ट्रको सर्वाङ्गिण विकासका लागि योगदान पु¥याउन सक्ने बताए ।
उनले पुरस्कृत व्यक्तित्वहरु लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशील रहेको र उनीहरुको योगदान एवम् क्रियाशीलता सबैका लागि अनुकरणीय रहेको धारणा व्यक्त गरे ।
सञ्चार सचिव सुमन शर्माले पत्रकारले सामाजिक परिवर्तनको बाहक र विचार निर्माताको रुपमा राष्ट्रलाई योगदान दिन सक्ने धारणा राखे ।नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले वरिष्ठ एवम् अग्रज पत्रकारका साथसाथै युवा पुस्ताका पत्रकारलाई पनि सम्मान गर्नुपर्ने बताए ।
पुरस्कृत व्यक्तित्व वरिष्ठ पत्रकार हरिहर विरहीले अधिनायकवादी व्यवस्थामा मात्र प्रेस र सरकारबीच शत्रुता रहने बताउँदै लोकतन्त्रमा भने दुवै पक्षबीच सहयोग, सहकार्यको वातावरण रहने गर्दछ भने ।
अर्का पुरस्कृत पत्रकार शम्भु श्रेष्ठले सामाजिक रुपान्तरण र लोकतन्त्रको लागि सञ्चारमाध्यमले योगदान पु¥याउन सक्ने बताउँदै अहिलेको मुलुकको समस्या समाधानका लागि पनि सञ्चार माध्यमले आफ्नो ध्यान केन्द्रित गर्नुपर्दछ भने ।
पुरस्कृत पत्रकारहरु कविर राणाले साप्ताहिक पत्रिकाले खासगरी लोकतन्त्रको स्थापना र विकासका लागि महत्वपूर्ण देन दिँदै आएको धारणा राखे । पुरस्कृत पत्रकार अर्जुन ज्ञवालीले अझै जिम्मेवार र सर्तकतासाथ काम गर्ने प्रेरणा सो पुरस्कारबाट प्राप्त भएको बताए ।
 स्वतन्त्र, निष्पक्ष र जनमुखी पत्रकारिताका माध्यमबाट देश, जनता, लोकतन्त्र र राष्ट्रको सर्वाङ्गिण विकासमा लामो समयदेखि योगदान पु¥याएबापत उहाँहरुलाई रु दुई–दुई लाख नगदसहितको सो पुरस्कार प्रदान गरिएको हो ।
सरकारले तयार गरेको मापदण्ड, अवधारणा तथा अनुसन्धान र खोजमूलक पत्रकारितालाई समेत आधार बनाएर सो पुरस्कार प्रदान गरिएको  छनोट समितिले जनाएको छ । 

0 comments

तपाईंको प्रतिकृया