Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
गणतन्त्र दिवस मनाईयो

काठमाडौ १५ जेठ। नेपालमा गणतन्त्र स्थापना भएको ६ वर्ष पूरा भएर सातौँ वर्षमा प्रवेश गरेको छ ।
दोस्रो जनआन्दोलन २०६२र६३ को जगमा भएको् संविधानसभाको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले विक्रम सम्बत २०६५ जेठ १५ गते नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको घोषणा गरिएको थियो । सोही दिनलाई गणतन्त्र दिवसको रुपमा मनाउँदै आइएको छ ।
गणतन्त्र दिवसको अवसरमा बिहीवार सैनिक मञ्च टुंडिखेलमा राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा विशेष समारोहको आयोजना गरिएको थियो ।
समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवासचन्द्र नेम्वाङ, प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मांलगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।समारोहमा नेपाली सेनाले दुई वटा हेलिकोप्टरबाट पुष्पवृष्टि गर्नुका साथै गणतन्त्र दिवस, २०७१ लेखिएको व्यानर प्रदर्शन गरिएको थियो ।
सामारेहामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिबाट शान्तिका प्रतिक परेवा उडाइएको थियो  । सेनाको मार्च कवाज, प्रहरीको व्याण्ड, सशस्त्र प्रहरीको प्रदर्शन, विविध सांस्कृतिक प्रस्तुति र झाँकी प्रदर्शन गरिएको थियो ।

0 comments

तपाईंको प्रतिकृया