‘उत्पीडन अन्त्यका लागि युवाको भुमिका’
बुटवल २६ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)का महासचिव परि थापाले सबै प्रकारको उत्पीडन अन्त्यका लागि युवाहरुले महत्वपूर्ण भुमिका हुने बताएका छन ।
युवाहरुलाई संगठित बनाएर मुलुकमा देखिएका हरेक प्रकारका विभेद र उत्पीडन अन्त्यका लागि युवा शक्तिलाई परिचालन गर्नुपर्ने उनको भनाई छ ।
नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) को पांचौं राष्ट्रिय अधिवेशनको शुक्रवार बुटवलको ढबाहमा उद्घाटन गदैं महासचिव थापाले क्रान्तिकारी युवाहरुबीच ध्रुबिकरणका लागि पार्टीले क्रान्तिकारी कम्युनिष्टहरुबीच एकताको पहल गरिरहेको बताए । पूर्व सभासद् समेत रहेका थापाले एमाले र एमाओवादीतर्फ इंगित गदैं दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी भड्कावले कम्युनिष्ट आन्दोलनलाई वदनाम गरेको आरोप लगाए ।
नेता श्रीसले पार्टीले जनविद्रोहमार्फत सशस्त्र संघर्षमा जाने नीति लिएकाले त्यसको कार्यभार पुरा गर्न युवाहरु लाग्नुपर्नेमा जोड दिए । नयां जनवादी क्रान्तिको तयारीका लागि क्रान्तिकारी युवाहरुको अभियान,राष्ट्रियताको रक्षा,जनतन्त्र प्राप्ती र युवा विदेश पलायन विरुद्ध पांचौं राष्ट्रिय अधिवेशन भन्ने मुल नाराका साथ शुरु भएको अधिवेशनमा ४७ जिल्लाका २ सय ५० जना प्रतिनीधि सहभागी रहेको संयोजक गुन्जमान घर्तिमगरले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया