माओवादीसंग पार्टी एकता : भट्टराई
काठमाडौं, ३० बैशाख । एकिकृत नेकपा माओवादीका बरिष्ठ नेता डा। बाबुराम भट्टराईले मोहन वैद्य किरणले नेतृत्व गरेको माओवादीसँग पार्टी एकता गरेर अगाडि बढ्नु पर्ने बताएका छन ।
चीन भ्रमणमा निस्किएका भट्टराईले मंगलबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै किरणलगायत कम्युनिष्ट पार्टीहरुसँग मिलेर शक्तिशाली पार्टी बनाउनु पर्ने बताएका हुन ।
‘अब किरणलगायतका प्रगतिशिल कम्युनिष्ट पार्टीहरुसँग एकता गरेर नयाँ ढंगको शसक्त पार्टी बनाउँनुपर्छ’, उनले भने– किरणलगायतका समुहहरुसँग एकता गर्नुको बिकल्प छैन ।’ नेता भट्टराईले किरणलाई पार्टीमा ल्याउन प्रचण्डले उनलाई एक्ल्याएको तर्फ लक्ष्य गर्दै प्रचण्डको भन्दा किरणसँगको आफ्नो सम्बन्ध उन्नत र विकसित रहेको बताएका छन । ।
यसैबीच,भट्टराईले हालै सम्पन्न पार्टीको राष्ट्रिय सम्मेलनले पार्टी भित्रको विवाद छलफल नगरी सांगठनिक संरचना निर्माणमा आफुले उठाएका विषयलाई बेवास्था गरेकाले आफुले उठाएका विषयलाई वेवास्था गरिएकाले बहिस्कार गरिएको बताए ।
कैलाश मान सरोबर जाने भन्दै भट्टराई बुधबार पारिवारिक भ्रमणमा निस्केका थिए । भट्टराईसँगै पत्नी हिसिला यमी र छोरी मनुषीलगायत सहभागि थिए । चीन भ्रमणमा पुगेका भट्टराईले त्यहाँ चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका पदाधिकारीलगायतसँग भेटवार्ता गरेका थिए ।

0 comments
तपाईंको प्रतिकृया