Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
डाउनटाउनद्धारा लोक नृत्य तथा हाजिरजवाफ प्रतियोगिता

बुटवल १५ जेठ (सुपरखवर) । रोट्याक्ट क्लव अफ बुटवल डानउन टाउन र रोटरी क्लव अफ बुटवल डाउनटाउनको संयुक्त आयोजनामा हाजिरीजवाफ तथा लोक नृत्य प्रतियोगिता शुक्रवार  सम्पन्न भएको छ ।
 जिल्ला स्तरीय अन्तर मावि स्तरीय उक्त प्रतियोगिता हाजिरजवाफ तर्फ २२ र नृत्य तर्फ १० विद्यालयको सहभागिता रहेको थियो ।
रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष रविलाल पोख्रेललेको अध्यक्षता   डिष्ट्ीक ३९२९ जोन १४ का एजी डा आर सी आचार्यको प्रम’ख आतिथ्यता,  प्याव्सन रुपन्देहीका उपाध्यक्ष लालहरी पाण्डे विषेश अतिथ्यतामा भएको प्रतियोगिता इलिट वोर्डिङ स्कुलमा  सम्पन्न भएको हो ।
प्रमुख अतिथी आचार्यले रोटरीको साक्षरता अभियानमा रोटरी रोट्रयाक्ट क्लब बुटवल डाउन टाउनले योगदान गरेको बताए ।  स्वागत मन्तव्य व्यक्त गर्दे रोट्याक्ट क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष बाबुराम बन्जाडले सरकारले अघि सारेको पुर्ण साक्षर अभियानमा क्लवले हातेमालो गर्न तयार रहेको बताए ।
 प्याव्सन रुपन्देहीका उपाध्यक्ष लालहरी पाण्डेले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्नमा कार्यक्रमले महत्तवपुर्ण भुमिका खेलेको औँल्याउनु भयो ।
कार्यक्रममा इलिट वोर्डिङ स्कुलका  प्राचार्य महेश पाण्डे ,क्लबका पुर्व अध्यक्ष जिवन अधिकारी, कमल थापा क्षेत्री पत्रकार  दिनेश पाण्डे लगायतकाले आ आफ्ना धारणा व्यक्त गरेका थिए ।
कार्यक्रम संचालन रोटरी क्लब अफ बुटवल डाउन टाउनका सचिव बिमलराज भट्टराई ,मधु भट्टराई र कमल थापा क्षेत्रीले गरेको थिए ।
हाजिरीजवाफ प्रतियोगितामा न्यूहोरार्यजन उच्चमावि प्रथम,  एभरेष्ट उच्च मावि द्धितिय र  प्यारामाउण्ट उच्च मा.वि तृतीय स्थान प्राप्त गरेका थिए ।  त्यस्तै लोक नृत्य तर्फ बुद्ध इंलिस वोडिङ स्कुल प्रथम, लुम्विनी वोडिङ स्ुकल द्वीतिय र सगरमाथा उच्च मा.वि तृतीय भएका कार्यक्रम संयोजन बिमल ढकालले जानकारी दिए  ।

0 comments

तपाईंको प्रतिकृया