Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमाओवादीमा कार्यविभाजन

काठमाडौं,१७ जेठ । एमाओवादी नेतृत्वको कार्यविभाजन गरिएको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई समग्र पार्टी, बरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई सदन तथा अध्ययन अनुसन्धान, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई अन्तराष्ट्रिय, उपाध्यक्ष पोष्टबहादुर बोगटी संगठन तथा अनुगमन विभाग संयोजक, महासचिव कृष्णबहादुर महरालाई उक्त विभागमा सचिव तोकेको छ ।
त्यसैगरी बैठकले सो विभागमा लिलामणि पोख्रेल, दीनानाथ शर्मा, रामचन्द्र झा, उर्मिला अर्याल, लेखराज भट्ट, हेमन्तप्रकाश ओली सदस्य रहने पनि निर्णय गरेको छ ।

बैठकले सचिव टोपबहादुर रायामाझी सदन र उपनेता, सचिव वर्षमान पुन स्कूलिङ विभाग, र सचिव गिरीराजमणि पोखे्रल सदनमा सचेतकको जिम्मा दिएको छ । बैठकले आर्थिक विभागमा कोषाध्यक्ष हरिबोल गजुरेल रहने निर्णय गरेको छ  ।
नेता शक्तिबहादुर बस्नेत उत्पादन र नेता अग्नि सापकोटालाई सदनमा जिम्मा तोकेको छ । 
वर्तमान केन्द्रीय समितिका सबै सदस्यहरु, निवर्तमान केन्द्रीय समितिका सबै सदस्यहरु, केन्द्रीय सल्लाहकार परिषद्का सबै सदस्यहरु, ७५ वटै जिल्लाका जिल्ला अध्यक्षहरु, जवसरमोर्चाका प्रमुखहरु उक्त परिषदमा रहने व्यवस्था पनि बैठकले गरेको छ ।
बैठकमा केन्द्रीय समितिको कार्यविभाजनको प्रारम्भिक प्रस्ताव पनि पेस भएको र त्यसलाई ७५ वटै जिल्लामा ७५ जना केन्द्रीय सदस्यहरुलाई पठाउने गरी प्रस्ताव पेस भएको र उक्त प्रस्तावलाई आइतबार ११ बजे बस्ने केन्द्रीय समितिको बैठकले अन्तिम रुप दिने बताईएको छ ।

0 comments

तपाईंको प्रतिकृया