Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
प्रोमोमा अभिनेत्री हेमाको आक्रोश

जेठ ९ गते रिलिज हुन लागेको फिल्म हँसियाले अहिले फिल्मी बजार तताईरहेको छ । अभिनेता राजेश हमालले फिल्मको बारेमा खुलेर तारिफ गर्नु, हेमाको एक्सन प्रोमोले प्रतिक्षित बनाउनु तथा लण्डन प्रिमियरबाट सकारात्मक प्रतिक्रिया आउनुले पनि यो फिल्मको उचाई बढ्दो छ ।

फिल्म कस्तो बनेको छ रु त्यो प्रदर्शन पश्चात नै थाहा हुनेछ तर यो फिल्मको चर्चाले भने निर्मातालाई खुसी दिने देखिएको छ । सार्वजनिक गरिएको एक्सन मात्र समावेश प्रोमोले ध्यान तानिरहेको बेला निर्माण युनिटले संवाद सहितको प्रोमो रिलिज गरेको फिल्मीखबरले जनाएको छ । प्रोमोमा अभिनेत्री हेमा श्रेष्ठको आक्रोश देख्न सकिन्छ । हेमासहित राजेश हमालले केका लागि आक्रोश पोख्दै छन् रु थाहा पाउन आगामी शुक्रबारसम्म प्रतिक्षा गर्ने पर्छ ।

0 comments

तपाईंको प्रतिकृया