विद्यार्थीको रोजाई चार्टर्ड एकाउन्टेन्सी
बुटवल १ जेठ ।
लेखापरिक्षणको कार्य गर्न पाउने र रोजगारीको पनि सुनिश्चितता हुने भए पछि चार्टर्ड एकाउन्टेन्सी ९सिए० अध्ययनमा विद्यार्थीको आकर्षण वढ्दै गएको छ ।
शैक्षिक र व्यवसायीक रुपमा यसको महत्व वढ्दै गएपछि चार्टर्ड एकाउन्टेन्सी शिक्षा विद्यार्थीको रोजाईको विषय वन्न पुगेको हो । चार्टर्ड एकाउन्टेन्सी शिक्षा सम्वन्धी परामर्स तथा कक्षा संचालन गर्ने इन्ष्टिच्युटहरुका अनुसार सिए शिक्षा लिने चाहने विद्यार्थीको संख्या दिन प्रतिदिन वढ्दै गएको छ । सिएको कलेजमा जस्तो अध्यापन हुदैन र जहिले पनि यसको भर्ना लिने गरिन्छ । सामान्यतया प्रत्येक वर्ष सिए कक्षा संचालन गर्छन ।
सि।ए। कक्षा संचालन गरिरहेका इन्ष्टिच्युटहरुले अहिले नया भर्ना लिने तयारीमा छन । ति इन्ष्टिच्युटहरुमा सि ए कोर्षको लागी काउन्सीलिङ लिनेहरु विगतको वर्षमा भन्दा वढि छन । ‘नया“ भर्ना लिन थालेका छौ सिए अध्ययन गर्न विद्यार्थीको चासो वढेको छ ।’ विगत ६ वर्ष देखी सिए कक्षा संचालन गरेको बुटवलको ग्लोवल एकेडमीका प्रवन्ध निर्देशक जनक प्रसाद दमासे पौडेल वताउ“छन ।
विद्यार्थीको चाहना अनुसार सिएका लागी नेपाली कोर्ष र भारतीय कोर्ष गरी दुई कोर्षका परिक्षा दिने पाउने व्यवस्था यहा“का सिए शिक्षा सम्वन्धी परामर्श तथा कक्षा संचालन गर्ने इस्ष्टिच्युटहरुले मिलाउने गर्छन ।
प्रवन्धक पौडेल सिएको अहिले नेपाली कोर्षमा पनि विद्यार्थीको आकर्षण वढेको बताउ“छन । ‘पहिले इण्डियन कोर्ष लिने विद्यार्थीको संख्या वढि थियो ।’ उनि भन्छन –‘अहिले नेपाली कोर्ष पढ्ने विद्यार्थी पनि उत्तिकै छन ।’ यस क्षेत्रमा सिएको कक्षा संचालन गर्ने र परामर्श दिने संस्था दुई वटा मात्र छन लुम्विनी वाणिज्य कलेजले दुई वर्ष अघि देखी सिएको कक्षा संचालन गरेको छ भने ग्लोवल एकेडमीले विगत ४ वर्ष देखी सिए कक्षा संचालन गरेको छ ।
सिएको कोर्ष पुरा गर्न साढे ४ वर्ष लाग्छ । अन्तिम वर्षको कोर्ष गरिरहेका वुटवलका सुरज वस्नेत सिए शिक्षा उपलव्धि मुलक र प्रयोगात्मक वढि हुनाले विद्यार्थीको रोजाईको विषय वनेको बताउ“छन । उनि भन्छन– सिए कोर्षले विद्यार्थीलाई विषेशज्ञ र व्यवसायीक बनाउछ । ’
सिए अध्ययनमा विद्यार्थीको चासो पढ्नुमा प्रयोगात्मक शिक्षा र रोजगारीको सुनिश्चितता नै भएको चार्टस एकाउण्टेन प्रमोद पन्थी बताउछन । उनी भन्छन– आजको युग प्राक्टिकल एजुकेशनको युग हो । त्यसैले विद्यार्थीको रोजाई सि ए पनि पर्न थालेको छ ।’
अर्का चार्टस एकाउण्टेन हरी लम्साल पनि सिए प्रयोगात्मक शिक्षा भएकाले पछिल्लो समय विद्यार्थीको रोजाईमा परेको वताउछन । उनका अनुसार विद्यार्थीहरुले सि ए गरेपछि लेखा वित्तिय व्यवस्थापन कर कानु लगायतको विधामा दक्ष हुने भएकाले दक्षजनशक्तिको रुपमा कार्य गर्न पाउ“छन । त्यस कारणले पनि विद्यार्थीहरु सिए शिक्षा तर्फ आकर्षित भएको उनको भनाई छ ।
आधाभुत तहका लागी प्लस टु उर्तिण गरेका विद्यार्थीहरले सिए अध्ययन गर्न पाउछन । एन्टरमेडियट अर्थात सिएपि दोश्रो तहको लागी आधारभुत तह उर्तिण गर्नु पर्छ वा वाणिज्यशास्त्र ५५ प्रतिशत अंक वा अन्य विषयमा ६० प्रतिशत औषत अंक प्राप्त गरी स्नातककोपाधी हासिल गरेको विद्यार्थी पनि दोश्रो तहमा भर्नाहुन पाउछ । सिएपि तेश्रो तहमा भर्ना हुन दोश्रो तह अनिवार्य उर्तिण गरेको हुनु पर्छ ।
नेपाली कोर्षको सिए अध्ययनको लागी नेपाल चार्टर्ड एकाउन्टेन्टे्स संस्था ९आईसिएएन०मा सम्पर्क गरी दर्ता गर्नु पर्दछ । कम्तीमा ३ लाख ५० हजार रुपैया खर्च गरी सिए कोर्ष अध्ययन पुरा गर्न सकिन्छ भने साढे ४ वर्षको कोर्षमा ३ वर्ष फिल्डमा प्राक्टिकल गर्नु पर्छ । हाल सम्म नेपालमा नेपाल चार्टर्ड एकाउन्टेन्टे्स संस्थामा सदस्यता लिई दर्ता भएका चार्टर्ड एकाउण्टेन ७ सय १० जना रहेका छन ।


0 comments
तपाईंको प्रतिकृया