Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
शुल्क वृद्धि गर्ने चलखेल

बढी शुल्क नर्तिन अभिभाव संघको आग्रह
यमलाल भुसाल
बुटवल ३० बैशाख ।

 रुपन्देहीमा संचालित नीजी तथा आवासिय विद्यालयहरुले शुल्क वृद्धि गर्ने चलखेल गरेका छन । उनिहरुले अघिल्लो वर्षमा विद्यार्थी भर्ना अवधिमै पहिलो महिनाको शुल्क लिने गरेकोमा यस शैक्षिक शत्रमा मासिक शुल्कलिएका छैनन ।
अघिलो वर्षको तुलनामा ५ सय देखि ७ सय ५० रुपैयासम्म भर्ना शुल्क वृद्धि गरि विद्यार्थी भर्र्ना गरेका विद्यालयले पहिलो महिना वित्न लाग्दा मासिक शुल्क बढाउन कोठे वैठक बस्न थालेका छन ।
विद्यार्थी भर्नाको समयमा पहिलो महिनाको शुल्क लिने परम्परालाई तोडदै जिल्लाका ९५ प्रतिशत विद्यालयले मासिक शुल्क पछि लिने भन्दै शुल्क तिर्न खोज्ने अभिभावकहरुलाई पनि फिर्ता गरेका थिए ।
सर्वोच्च अदालतले नीजी विद्यालयलाई शुल्क वृद्धि नर्गन भनि आदेश गरेकाले विद्यालयले मासिक शुल्क वृद्धि गर्न नपाए पछि ततकाल पहिलो महिनाको शुल्क नलिएर भर्ना शुल्क मात्र लिएर विद्यार्थीलाई पढाउन थालेका हुन ।
जिल्लाका विभिन्न विद्यालयको अनुगमन निरिक्षण गरेका अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले विद्यार्थी भर्ना भएपछि विद्यालय नछाडने र दोस्रो महिनामा शुल्क वृद्धिगर्न विद्यालयले यस्तो षडयन्त्र गरेको बताउनु भयो ।शैक्षिकशत्रको शुरुमा लिएको शुल्कलाई वीच महिनामा गएर बढाउन नपाइने हुदां ति विद्यालयले भर्ना अवधिमा पहिलो महिनाको शुल् नलिएको बताईएको छ ।
जिल्लामा संचालित ३ सय बढी नीजी विद्यालय मध्ये ९५ प्रतिसत विद्यालयले पहिलो महिनाको शुल्क नलिएकोर बाकि ५ प्रतिसत विद्यालयले साविक मासिक शुल्क लिएको बताईएको छ । जिल्लामा  शुल्क निर्धारण समितीको निर्णय विपरित शुल्क बढाउन पाईदैन तर यहांका ९५ प्रतिशत विद्यालयले शुल्क निर्धारण समितीको निर्णय विपरित शुल्क बढाउने तयारी गरिरहेको सोत्तले जनाएको छ ।
सो सम्बन्धमा प्याब्सन रुपन्देहीका अध्यक्ष सुदिप केसीले शुल्क नबढाई पढाउन नसकिने बताउदै ३ वर्ष अघि तय गरएिको शुल्क समेत रुपन्दहीका विद्यालयलेलिन नसकेको बताउनु भयो । विस २०६८ सालमा बनाईएको माप दण्डलाई आधार बनाएर शुल्क वृद्धि गर्नुपनेमा केसीले जोड दिनु भयो ।
तर जिल्लाका केही विद्यालयले विस २०६८को माप दण्ड भन्दा पनि बढी शुल्क लिने गरेको अभिभावहरुले जनाएका छन । मापदण्ड अनुसार क वर्गमा परेको विद्यालयले कक्षा १०मा मासिक शुल्क १ हजार ८ सय लिनु पर्ने हुन्छ तर रुपन्देहीका केही विद्यालय जुन क वर्गमै नपरि साना विद्यालयको माप दण्डमा रहेकाले समेत मासिक शुल्क २ हजार १ सय रुपैया सम्म लिएका प्रमाण फेला परेका छन ।
यता रुपन्देहीमा संचालित नीजी तथा आवासिय विद्यालयहरुले शुल्क वृद्धि गर्ने चलखेल गरेको सम्बन्धमा अभिभावक सघ रुपन्देहीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । शैक्षिकशत्र शुरु भै एक महिना पढाई भैसकेपछि वीचमा गएर विद्यार्थीले  अव विद्यालय छाडदैनन भनि शुल्क वृद्धि गर्न लागेको चर्चाको अभिभावक संघले विरोध जनाएको छ । संघका अध्यक्ष लोकनाथ ज्ञवालीद्धारा जारी विज्ञप्तिमा शुल्क वृद्धि गरे कडा आन्दोलन गर्ने चेतावनी दिर्नु भएको छ । गत वर्षको शुल्क भन्दा बढी शुल्क नर्तिन आम अभिभावकहरुलाई संघले आग्रह समेत गरेको  छ । सर्वोच्च अदालतले शुल्क वृद्धि गर्न नपाउने आदेश गरेको अवस्थामा शुल्क वृद्धि गरिएमा कडा आन्दोलन गर्ने चेतावनी संघका अध्यक्षद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

0 comments

तपाईंको प्रतिकृया