Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
थाइल्याण्डकी प्रधानमन्त्रीलाई पदबाट हट्न अदालतको आदेश

थाइल्याण्ड । थाइल्याण्डको संवैधानिक अदालतले त्यहाँकी प्रधानमन्त्री यिंगलक शिनावात्रालाई पदबाट हट्न आदेश दिएको छ ।

 प्रधानमन्त्री यिंगलकले सुरक्षा प्रमुखलाई गैरकानूनी तरिकाले पदबाट हटाएको भन्दै अदालतले उनीविरुद्ध यस्तो आदेश दिएको विदेशी सञ्चारमाध्यमले लेखेका छन् । आफू सत्तामा आएपछि शिनावात्राले विपक्षी विचारका भन्दै सुरक्षा प्रमुखलाई बर्खास्त गरेकी थिइन् ।

गत नोभेम्बरदेखि विपक्षीहरुले प्रधानमन्त्री शिनावात्राविरुद्ध विरुद्ध आन्दोलन चर्काइरहेका बेला अदालतबाट यस्तो आदेश आएको हो । अदालतको आदेशमा भनिएको छ, प्रधानमन्त्रीको भूमिका अन्त्य भएको छ, यिंगलक अब कामचलाऊ प्रधानमन्त्रीका रुपमा लामो समय रहन सक्दिनन् ।’

 प्रधानमन्त्री शिनावात्राविरुद्ध आएको आदेशपछि सत्तापक्षका समर्थकहरु पनि सडकमा आउन सक्ने आशंका गरिएको छ । शहरी क्षेत्रमा भन्दा ग्रामीण इलाकामा उनी लोकपि्रय मानिन्छिन् ।

0 comments

तपाईंको प्रतिकृया