जटिललाई नागरिक अभिनन्दन
बुटवल, २४ बैशाख । अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहार शंकरनगरका संस्थापक विहार प्रमुख भदन्त जटिललाई बुधवार शंकरनगरमा नागरिक अभिनन्दन गरिएको छ ।
बुद्ध शासन र शान्ति प्रवद्धनमा योगदान पु¥याएको भन्दै म्यानमार सरकारले भदन्त जटिललाई ‘सद्धम्मजोतिधज’को उपाधीबाट विभुषित गरेको खुसीयालीमा ४८ वटा बौद्ध तथा सामाजिक संघ÷संस्था संयुक्त रुपमा अभिनन्दन गरेका हुन् ।
उपत्यका बाहिर उच्च सम्मानबाट सम्मानित हुने पहिलो बौद्ध धर्मगुरु रहेको अभिनन्दन समारोह समितिले दावी गरेको छ । भदन्त जटिललाई रथारोहण, बाजागाजा सहित शंकरनगरेको विभिन्न भाग परिक्रमा गराई विश्व सुखशान्ति बुद्ध विहार शंकरनगरमा अभिनन्दन गरिएको हो । भदन्त जटिललाई म्यानमार बुद्ध विहार लुम्बिनीका प्रमुख भन्ते उका भिदाले विश्व सुखशान्ति बुद्ध विहारमा अभिनन्दन गरे ।

0 comments
तपाईंको प्रतिकृया