Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
धुम मच्चाउँदै नेपाली प्रतिभा टेरिया


भारतीय रियालिटी शोहरुमा नेपाली मुलका भारतीय नागरिकले धेरेपल्ट उधुम मच्चाएका छन् ।
 कतिपल्ट त उपाधि नै जितेका पनि छन् ।  भारतीय टेलिभिजन च्यानल जिटिभीको रियालिटी शो डिआइडी लिटिल मास्टर्समा टेरिया फौजाले पनि अहिले उधुम मच्चाएकी छन   । टेरिया नेपालबाटै डिआइडी लिटिल मास्टर्समा भाग लिन भारतको मुम्बई पुगेकी हुन् ।
 डिआइडी लिटिल मास्टर्सको मञ्च आफैंमा निकै ठुलो र प्रतिष्ठित पनि छ । प्रतियोगिताका निर्णायकहरु बलिउडका  गिनेचुनेका कोरियोग्राफरहरु छन् । रुपन्देहीको रुद्रपुर गाविस ६ सुनगाभा चोक स्थायी घर भएकी टेरिया २ बर्षदेखि नै नाँच्न पाउँदा खुशी हुन्थिन् । नृत्यमा खासै ढंग नपुगेपनि रुची राख्ने आफ्ना आमा बुबाका कारण उनले नाच्ने वातावरण पाइन् ।११ बर्षकी टेरिया नृत्यमा मात्र होइन पढाइमा पनि उस्तै अब्बल छिन् । अहिले ६ कक्षामा पढिरहेकी उनी कक्षामा सधैं पहिलो हुन्छिन् ।

अहिलेसम्म भाग लिएका सवैजसो प्रतियोगितामा उनी सफल हुँदै आएकी छिन् । नेशनल ओइल फिल्ड क्याराभान डान्स कम्पिटिसनमा पहिलो भएर उनले एक लाख रुपैयाँको पुरस्कार पनि हात पारिसकेकी छिन् । नेपाल टेलिभिजन बाट प्रसारित राष्ट्रिय डान्स प्रतियोगिता कार्यक्रम खोजि प्रतिभाकोमा उनी शीर्ष १० मा पुगेकी थिइन् ।
जिटिभीको डिआइडीका निर्णायकहरुले पनि उनको क्षमतालाई औधि मन पराउने गरेका छन् । ग्राण्ड माष्टर मिथुनले त उनलाई अझै माथिको उचाई चुम्न सक्ने प्रतिक्रिया दिंदै नेपाल र नेपालीको क्षमताको पनि प्रशंशा गरेका थिए । टप नाइनका लागि भएको भोटिङ्गमा उनले सवैभन्दा बढि भोट पाएकी थिइन् । उनले आफूलाई भोट गर्ने देशविदेशका सवैलाई धन्यबाद दिंदै सवैको भोटको सम्मान गर्ने बताएकी छिन् ।  मुम्बईमा अडिसन दिएर टप टेनमा पुगेकी टेरियालाई उपाधितिर अघि बढाउन अब उनको लगन मेहनत र क्षमताले मात्रै पुग्दैन । उनलाई अनलाईन भोटिङ्ग आवश्यक छ । टेरियाले भाग लिएको कार्यक्रम हरेक शनिबार र आइतबार बेलुकी सवा ९ बजे जिटिभीबाट प्रसारण हुँदै आएका छ ।

0 comments

तपाईंको प्रतिकृया