सैनामैना नगरपालीका कार्यालय उद्घाटन
बुटवल ७ जेठ । रुपन्देहीको दुधराक्ष र पर्रोहा गाविस समायोजन गरी बनाईएको सैनामैना नगरपालीका कार्यान्वयनमा आएको छ ।
बुधबार उक्त नगरपालिकाको उद्घाटन गरिएको हो । रुपन्देहीका निमीत्त स्थानीय विकास अधिकारी गजेन्द्रनाथ शर्माले नगरपालीकाका कार्यालयको होडिङबोर्ड अनावरण गरी विभिवत नगरपालिका भएको घोषणा गरे । उनले नगरपालीका बनेपछि थुप्रै सम्भावनाको रहेको बताउदै दातृनिकायका सहयोग पनि गाविसमा जस्तो जिविस मार्फत नभई सोझै आउने बताए ।
नगरपालीकाका कार्यकारी अधिकृत कमलप्रसाद घिमिरेले नगरपालीकाबाट जारी विभिन्न चिठीपत्रहरुमा हस्ताक्षर गरी कार्यान्वनयको प्रक्रिया अगाडी बढाएका छन। नगरपालीकाको कार्यालय सैनामैना नगरपालीकाको वडा नम्बर ७ बुद्धनगरमा राखीएको छ । सो अवसरमा भवन निर्माण तथा जग्गा व्यवस्थापनको लागि सैनामैना ७ का मोतीराज उपाध्ययाले एकलाख एक हजार एक सय ११ रुपैया र डिल्लीराज ज्ञवालीले एक लाख रुपैया सहयोग दिने घोषणा गरे । तत्कालीन पर्रोहा प्रधानपञ्चका रुपमा रहँदाँ पर्रोहा र दुधराक्ष एउटै निकाय थिए । २०३९ सालमा विभाजन भई यी दुई क्षेत्र अलग अलग निकाय भएका थिए । ३२ वर्षपछि पुन पर्रोहा गाविस र दुधराक्ष गाविसको समायोजन भई सैनामैना नगरपालीका भएको हो ।

0 comments
तपाईंको प्रतिकृया