एमाओवादीमा कुरा मिल्यो
काठमाडौं ५ जेठ (सुपरखबर)। एमाओवादीमा पदीय जिम्मेवारीमा सहमती भएको छ । पदीय जिम्मेवारीमा कुरा मिलेपछि नेता डा. वावुराम भट्टराई सहित केन्द्रीय समितिमा नबस्ने घोषणा गरेका १५ जना नेता केन्द्रीय समितिमा बस्ने भएका हुन ।
एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुबीच सोमबार भएको छलफलमा जिम्मेवारी बाँडफाँडमा सहमति भएको हो ।
पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गर्ने सहमती भएको एमाओावादी श्रोतको भनाई छ । भट्टराई वरिष्ठ उपाध्यक्ष, नारायणकाजी श्रेष्ठ प्रकाश उपाध्यक्ष, पोष्टबहादुर बोगटी महासचिव र महरा सचिव रहनेछन् । विराटनगर राष्ट्रिय सम्मेलनसँगै असन्तुष्ट बनेका नेता डा। बाबुराम भट्टराई पक्षका नेता टोपबहादुर रायमाझीलाई संसदीय दलको उपनेता बनाइने भएको छ । केन्द्रीय समितिले औपचारिक निर्णय गरेपछि भट्टराई पक्ष पनि सहभागी हुने बताइएको छ ।

0 comments
तपाईंको प्रतिकृया