Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
जेठ १८ मै स्ववियू निर्वाचन गर्न माग

बुटवल, ५ जेठ (सुपरखबर) । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूले यहि जेठ १८ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन जसरी पनि हुनुपर्ने माग गरेको छ ।
अनेरास्वियु जिल्ला कमितीले सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी स्ववियुको गरिमालाई बचाई राख्न त्रिविले जसरी पनि निर्वाचन गराउनु पर्ने माग गरेको हो ।
जिल्ला संयोजक सन्दीपकुमार वि.क.ले षडयन्त्र स्वरुप स्ववियू निर्वाचन विथोल्न खोजे आफुहरुलाई कुनै मान्य नहुने भन्दै निर्वाचन अयोग गठन एवं निर्वाचन तालिका सार्वजनिक गर्न समेत माग गरे ।
त्यस्तै अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य बसन्त ढकालले स्ववियू नहुदा क्याम्पसको विकास र विद्यार्थी आन्दोलनमा ग्राहो भएको भन्दै तत्काल तोकिएको मितिमा निर्वाचन गर्न माग गरे । उनले कर्मचारी तन्त्रको पनि हावी हुने गरेकाले शैक्षिक गुणस्तरको विकासका लागि पनि स्ववियू आवश्यकता रहेको बताए । सो अवसरमा अनेरास्ववियूले जिल्लाका त्रिवि अन्तर्गतका क्याम्पसहरुमा स्ववियू निर्वाचनको माग गर्दै क्याम्पसप्रमुखहरुलाई सोमबारै ज्ञापन पत्र पेश गरेको छ ।
अखिल क्रान्तिकारी लगाएत १८ विद्यार्थी संगठनले भने निर्वाचन स्थगित गर्न माग गरेका छन । ति संगठनले थाहै नदिई मिति घोषणा गरेको भन्दै निर्वाचन बहिष्कार गर्ने घोषणा गरिसेका छन ।  अनेरास्ववियू र नेपाल विद्यार्थी संघ तोकिएको मितीमा निर्वाचन हुनु पर्ने अडान राखेका छन ।


0 comments

तपाईंको प्रतिकृया