Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
तेल चोर्नेलाई कारवाही गर्न माग

बुटवल २४ वैशाख ।  पेट्रोलियम पदार्थ चोरीमा संलग्नलाई कारवाही गर्न माग गरिएको छ । विद्यार्थी संगठन, युवा संघ नेपाल, नेपाल मजदुर किसान पार्टी रुपन्देहीले डिजल चोरीमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिन माग गरेका हुन ।
केही टयाङकर व्यवसायी तथा नेपाल आयल निगमका केही कर्मचारीको मिलेमतोमा लुकाई राखेको अवस्थामा रुपन्देहीमा १७ हजार लिटर डिजल वरामद गरिएको थियो । त्यस कार्यमा संलग्न भएकाहरुलाई प्रहरीले पक्राउ गरी कारवाही प्रकृया अघि वढाएको छ ।
नेपाल मजदुर किसान पार्टी रुपन्देहीले कारबाही माग गर्दै मंगलबार साँझ बुटवलको ट्राफिक चोकमा कोण सभा गरेको थियो भने अन्य संघ संगठनहरुले विज्ञप्ती निकालेर कारवाहीको माग गरेका हुन । 
अध्यक्ष हरिसुन्दर वासीले तेल चोरीमा संलग्न व्यवसायीहरुलाई उन्मुक्ति दिलाउन षडयन्त्र भइरहेको बताउँदै व्यवसायीहरु नै योजनामा लामो समयदेखि तेल चोरी भइरहेको हुनसक्ने दाबी गरे । पेट्रोलियम पदार्थको ढुवानी रोकेर अपराधमा संलग्न व्यवसायीहरुलाई उन्मुक्ति दिलाउन खोज्ने कसैलाई पनि जनताले नछोड्ने बताउँदै अध्यक्ष वासीले पेट्रोलियम पदार्थको सहज उपलव्धता र विगतदेखिको चोरी कार्यको अनुसन्धान गरी कर्मचारी, व्यवसायी लगायत अपराधमा संलग्न सबैलाई कारबाही गर्न माग गरे ।

0 comments

तपाईंको प्रतिकृया