पार्टी एकिकरणको लागी नेतृत्व त्याग्छुः प्रचण्ड
काठमाडौं,१ जेठ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकिकरणको लागी आफु नेतृत्व छाड्न तयार रहेको बताएका छनन । उनले दुई माओवादीलगायत जनयुद्धकालपछि बनेको राजनीतिक दल नमिलेमा कम्युनिष्ट आन्दोलन नै धराशायी भएर जाने बताए ।
विद्यार्थी एता दिवसको सन्दर्भमा अखिल क्रान्तिकारीद्वारा राजधानीमा बिहिबार आयोजित ‘एउटै कम्युनिष्ट केन्द्र निर्माणःसम्भावना र चुनौती’ विषयक अन्तक्रियामा उनले भने–‘देशको कम्युनिष्ट आन्दनेलन अघि बढ्छ भने म बाधक बन्दिन् ।
सामान्य कार्यकर्ता भएर पनि कम्युनिष्ट र माओवादी आन्दोलनलाई अगाढि बढाउन तयार छु ।’नेपालको माओवादी आन्दोलन अब नमिलेमा समाप्त हुने उनको तर्क थियो ।
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले माओवाद र माओविचार राख्ने जनयुद्धकालिन शक्तिहरुबीचको एकताको विकल्प नरहेको बताए । तत्काल कार्यगत एकता गरेर अघि जानु पर्ने आवश्यकता रहेको उनको भनाई थियो ।‘जनयुद्धमा सहभागि भएर बनेको छुट्टै दल र क्रान्तिकारी कम्युनिष्टहरुको बीचमा एकता अपरिहार्य भएको छ ।’ उनले भने– ‘एकताको लागि भावनाको साथ–साथै विचार कार्यदिशा मिल्नुपर्छ अनि मात्र पार्टी एकता हुन सक्छ ।’


0 comments
तपाईंको प्रतिकृया