सालझण्डी– तम्घास फाष्ट ट्रयाकमा बल्ढेङ्गगढी गाविस जोड्न माग
भुवन कार्की
बुटवल, ६ जेठ ।
रुपन्देहीको सालझण्डीबाट गुल्मीको तम्घास जोड्ने फाष्ट ट्रयाक मोटरबाटो खुल्ने भएपछि यसक्षेत्रका बासिन्दा खुसी भएका छन् । यो ट्रयाक खोल्न गत शुक्रबार योजना आयोग र अर्थ मन्त्रालयले समेत स्वीकृति प्रदान गरेका छन् ।
तर ट्रयाक खोल्दा यसअघिको सालझण्डी– ढोरपाटन सडक प्रयोग हुन लागेको भन्दै पाल्पा बल्ढेङ्गगढी गाविसका स्थानीय अगुवाहरुले असहमति जनाएका छन् । ट्रयाक आसपासमा पर्ने बल्ढेङ्गगढी गाविसका मानिसहरुले आफ्नो बस्ती छुनेगरी बाटो निर्माण गर्न आग्रह गरेका छन् । उनीहरुले केन्द्रीय योजना अनुरुपकै बाटो भएर ट्रयाक खोल्दा आग्रह गरेका हुन् ।
पाल्पाको क्षेत्र न. ३ मा पर्ने यस भेगका स्थानीय अगुवाले मात्र नभइ यस क्षेत्रका सभासद् हरि नेपालले समेत ध्यानाकर्षण गराएका छन । उनले भने ‘मैले ट्रयाक खोल्न पहल गर्नुभएका गुल्मीका सभासद् चन्द्र भण्डारीलाई ध्यानाकर्षण गराएर सालझण्डी, जुठापौवा, सुंगुरेढुँगा हुँदै तम्घास जोड्ने पहल गर्न भनेको छु ।’ तर आफ्नो सुझाव कार्यान्वयन हुन सक्ने सम्भावना संकेत न्यून रहेको भन्दै काँगे्रस नेता नेपालले गुनासो गरे ।
स्थानीय अगुवाहरुले पनि उक्त नयाँ ट्रयाक खोल्दा सालझण्डी, जुठापौवा, सुंगुरेढुँगा हुँदै गुल्मी लैजान आग्रह गरेका छन् । स्थानीय अगुवा लोकेन्द्रबहादुर खड्काले यो रुटबाट ट्रयाक खोलिए बल्ढेङ्गगढी, सत्यवती र जुठापौवा गाविसका जनता लाभान्वित हुने भएकाले यसतर्फ सोचिदिन गुल्मीका सभासद् तथा काँग्रेस नेता चन्द्र भण्डारीलाई आग्रह गरे । अघिल्लो वर्ष सालझण्डी—ढोरपाटन ट्रयाक खोल्दा जंगल प्रयोग गरिएको र बस्ती नछोइएको भन्दै खड्काले यसपटक यस्तो भूल गर्न नहुँने सुझाव दिए ।
अर्का स्थानीय सोमबाहादुर रायमाझीले बस्ती छुने गरी सालझण्डी, जुठापौवा, सुंगुरेढुँगा हुँदै गुल्मी जाने ट्रयाक खोल्नुपर्ने भन्दै त्यसो भए ट्रयाक निर्माणमा कम खर्च लाग्ने र स्थानीय बस्तीको पनि तीब्र बिकास हुने बताए ।
स्थानीय पुरन लम्तरीले नेताहरुले जनताको चाहना अनुरुप बस्ती विकास हुनेगरी नयाँ ट्रयाक खोल्नुपर्ने बताए । उनले यसअघि सालझण्डी– ढोरपाटन ट्रयाक खोल्दा जंगल सखाप पारिएको भन्दै अब जंगल नमासेर स्थानीयको सल्लाह अनुरुप ट्रयाक निर्माण गरिनुपर्ने उल्लेख गरे ।
यसैबीच गोरखापत्रको जिज्ञासामा गुल्मी क्षेत्र नं. २ का सभासद् तथा काँग्रेस नेता चन्द्र भण्डारीले स्थानीयको सुझावलाई आत्मसात गरी नयाँ ट्रयाक खोलिने आश्वासन दिएका छन । उनले सालझण्डी—तम्घास फाष्ट ट्रयाक खुलेपछि रुपन्देही, पाल्पा, अर्घाखाँची र गुल्मीका धेरै यात्रुहरु लाभान्वित हुने बताए ।
अहिले बुटवल, तानसेन हुँदै गुल्मीको तम्घास पुग्ने बाटो १ सय १५ किलोमिटरको छ भने यो नयाँ सालझण्डी–तम्घास ट्रयाक ७८ किलोमिटरको हुनेछ । नेता भण्डारीले जनताप्रति आफ्नो पुर्व प्रतिबद्धता अनुरुप ट्रयाक खोल्ने पहल आफूले नै थालेको बताए ।

0 comments
तपाईंको प्रतिकृया