डा.भट्टराई उपाध्यक्ष पदमा नबस्ने
काठमाडौं ६ जेठ। एकीकृत नेकपा माओवादीका नेता डा.बाबुराम भट्टराई आफू पार्टीको उपाध्यक्ष पदमा नबस्ने बताएका छन् ।
उनले अध्यक्ष पुष्पकमल दाहालसंग उपाध्यक्षमा नबसी बाहिरैबाट पार्टीलाई सहयोग गर्ने जवाफ दिएका हुन । यस अघि पदीय जिम्मेवारी वाडफाडमा कुरा मिले पछि नेता डा.भट्टराई लगायत उनि पक्षका नेताहरु केन्दिय समतीमा आउन राजी भएको बताइएको थियो ।
सोमबार डा. भट्टराईलाई बरिष्ठ उपाध्यक्ष र टोपबहादुर रायमाझीलाई संसदीय दलको उपनेता दिने सहमति भएको बताईएको थियो । यसै विच डा. भट्टराईले आफ्नो समूहका नेताहरु केन्द्रीय कमिटीमा बस्दा आफूलाई कुनै आपत्ति नहुने बताएका छन । स्रोतका अनुसार डा. बाबुराम भट्टराईले विशेष महाधिवेशनको घोषणा गरेर फरक मतलाई छलफलका लागि खुल्ला गरिनुपर्ने प्रचण्डसँग प्रस्ताव राखेका छन् । यसका लागि भिन्न मतका प्रतिनिधिलाई पनि सबै कमिटीको नीति निर्माण गर्ने ठाउँमा उल्लेख्य सहभागिता गराइनुपर्ने भट्टराईको आग्रह छ ।

0 comments
तपाईंको प्रतिकृया