Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
आयल निगमका डिपो प्रमुख पक्राउ

भैरहवा २५ बैशाख,  । बीचबाटैबाट डिजल चोरी भएको प्रकरणमा नेपाल आयल निगमको पश्चिमाञ्चल डिपो प्रमुख पक्राउ परेका छन ।
केही दिनअघि पक्राउ परेका निगमकै दुईजना कर्मचारी रबीन्द्रकुमार राउत र देबेन्द्र बस्नेतले बयानका आधारमा निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय प्रमुख नगेन्द्रकुमार कुर्मीलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरी हिरासतमा लिएको हो  ।
प्रहरीले आइतबार निगमको रुपन्देहीस्थित भलबारी शाखाका दुई अधिकृत रबिन्द्रकुमार राउत र देबेन्द्र बस्नेतलाई पक्राउ गरेको थियो । पक्राउ परेका कर्मचारीले डिजेल चोरी प्रकरणमा डिपो प्रमुखकै नाम पोलेपछि उनलार्इ पनि प्रहरीले हिरासतमा लिएको हो ।
भारतबाट नेपाल ल्याइएको डिजल आयल निगमको डिपोमा नपुर्याई गत बैशाख १६ गते बीच बाटैमा चोरेर भण्डारण गर्ने काममा संलग्न पूर्वमन्त्रीका छोरासहित १८ जना विरुद्ध रुपन्देही प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ ।

0 comments

तपाईंको प्रतिकृया