सभाषदलाई एसएमएसबाट खबरदारी
बुटवल, २६ बैशाख । संविधानसभालाई पूर्णता दिन दबाब दिने उद्देश्यले सभासदलाई मोबाईलबाट एस एम एस पठाइएको छ ।
सचेत नागरिक समुहको नाममा पठाएको एसएमएसमा २६ जना मनोनित भएर संविधानसभाले कहिले पूर्णता पाउला भनेर जिज्ञासा राखिएको थियो ।
रुपन्देही, कपिलवस्तु, पाल्पा, कास्की, झापा, मोरङ, कैलाली, पर्सालगायतका जिल्लामा कृयासिल नागरिक अगुवा र अधिकारकर्मीहरुले संविधानसभामा प्रत्यक्ष निर्वाचित र मुख्य–मुख्य नेताहरुलाई एसएमएस मार्फत संविधानसभालाई पूर्णता दिन भन्दै खबरदारी गरेका हुन ।
एसएमएस प्राप्त गरे संगै प्रतिक्रिया दिँदै सभासदहरु सर्वेन्द्रनाथ सुक्ला, पूर्ण बहादुर खडका, बालकृष्ण खाणँ, बिकास लम्साल, बैझनाथ चौधरी र डिकबहादुर लिम्बुले प्राबिधिक कारणले रोकीएको मनोनयन छिट्टै हुने जानकारी दिएको चाँदनी नेपाल रुपन्देहीका अध्यक्ष भवानीप्रसाद पाण्डेले बताए ।

0 comments
तपाईंको प्रतिकृया